दशैमा कसैलाई दशा नलागोस

दशैमा कसैलाई दशा नलागोस
विचार
लेखक: करण साउँद ।

हिन्दु धर्मावलम्बीहरुको महान पर्व नजिकिदै गर्दा सबैमा खुशिको सिमा नै छैन । बर्ष दिनमा एक पटक आउने पर्वले एक आपसमा खुशी साट्ने काम पनि गर्दछ।स्वदेश देखि बिदेश सम्म रहेका नेपालीहरु यस पर्वलाई आफ्नो रितिरिवाज अनुसार मनाउने गर्दछन। प्राय जस्तो दशै तिहारमा बिदेशीएका नेपालीहरु छुट्टी लिएर दशै मनाउन स्वदेश अथवा घर फर्किने गर्दछन। बिदेश बाट मात्र होईनन शहर लाई कर्मथलो बनाएर बसेकाहरु पनि दशैमा घर फर्किएर जाने गर्दछन।नेपालमा कतै खसी बोकाको बलि चढाएर देबिको पुजा गरिन्छ भने कतै रागाहरुको बलि दिएर देबिलाई प्रश्न्न गर्ने प्रचलन छ।रागा बोकाको बलि दिए देवि खुशी हुने र सोचेको अनि चाहेको पुग्ने आस्था हामिमा कायमै रहेको छ।तर आज भोलि बलि प्रथालाई बन्द गरिनुपर्छ भनेर आवाज पनि उठिरहेको देख्न पाईन्छ।बलि चढाउनु अनि देविलाई आफ्नो ईच्छा अनुसारको आवश्यक कुरोहरु माग्नु आदि जस्ता थुप्रै कुरोहरु आस्था अनि बिश्वासमा हुने गरेका छन्।

विशेष गरि दशैमा ९ दिनसम्म नवरात्री गर्दै अष्टमी नवमी र दशौ दिनलाई दशै मान्ने प्रचलन छ।दशैमा एक आपसमा शुभकामना आदानप्रदान सुख दुख बाढ्दै भाईचाराको सम्बन्ध कायम गर्ने बिश्वास पनि छ।दशैमा जमरा अनि टीका लगाएर पनि आफू भन्दा ठुलावडा बाट आश्रीबाद अनि लामो आयुको लागि कामना पनि गरिन्छ।दशै सुरु भए देखि हामी सबैमा खुशी अनि हर्ष छाएको हुन्छ।तर जुन ब्यक्ति छुट्टी नपाएर बिदेशको मरुभूमिमा पसिना चुहाउदै रात दिन अनि दशै नभनी काममा खटिएको हुन्छ अनि केको दशै के को तिहार न खुशी न हर्ष दशै होईन दशा आउँछ।मुटुभरिको माया मनभरिका खुशीका क्षणहरु अनि दशैमा आफन्तजन र घरपरिवार संग बसेर मनाउने भनिएको दशै मनाउन सकिँदैन त्यतिबेला कस्तो हुन्छ होला हामी दशा लागेकाहरुको मन अनि मुटु ।संगै रमाउने अनि दशै मनाउने रहर केवल त्यो बिरानो बिदेशको भुमिमा पसिना अनि परिश्रममा बनाईरहेको हुन्छ।बाध्यता अनि परिस्थितिको फल पनि यहि हो।जबसाथिहरु गाउँमा दशै मनाउदै गरेका हुन्छन् तर एउटा प्रदेशी बिरानो भुमिमा पसिना चुहाउन मै ब्यस्त हुन्छ कस्तो दुख अनि बिडम्बना ! यो भन्दा ठुलो दुर्भाग्य अरु के नै हुन सक्छ र? बर्षमा एक पटक आउने यसता महान चाड पर्वमा घर परिवार संग मनाउन नपाईनु अनि स्वदेश फर्किन नपाईनु नै दुर्भाग्यपूर्ण हो।त्यहि समय हो दशै नभएर दशा लागेको ।जे जस्तो होस जहा जता छौ सकेजती बर्षमा आउने चाड पर्वहरुमा एक छिनको लागि भए पनि बर्ष भरिका दुख कष्ट लाई भुलेर सुख शान्तिको कामना गर्दै शान्तिपुर्ण रुपले दशै तिहार मनाउनुहोला दशै तिहारको नाममा अनैतिक क्रियाकलाप नगर्नुहोला भन्दै सम्पुर्ण देश वाशिहरुमा वडा दशै २०७५ सालको मंगलमय शुभकामना व्यक्त गर्दछु।

करन साउद, कैलाली, हाल: बिरानो शहर मुम्बई

Post Comment