के जनताले अर्को परिवर्तन चाहिरहेका छन ?

के जनताले अर्को परिवर्तन चाहिरहेका छन ?
विचार

-करन साउद

बिश्वको एक सुन्दर राष्ट्र भनेर चिनिने नेपाल शान्त सुन्दर अनि वीर गोर्खालीको देश भनेर पुकारिने राष्ट्र हो।तर आज राष्ट्र फोहोरि भ्रष्टाचारि बलात्कारि लुटतन्त्र अनि जनता मारेर नेताको हालीमुहाली बन्ने देश भनेर चिनिन्छ नेपालमा हरेक समयमा सत्ता परिवर्तन भएका उदाहरणहरु हामी समक्ष छर्लङ्ग नै छन् ।राणा शासन पंचायत बहुदल र राजतन्त्र लाई बिदाई गरेर लोकतन्त्र अनि गणतन्त्र बहाली गर्न नेपाली जनता सफल भए।सत्ता परिवर्तन गर्नु अथवा शासन ब्यबस्था बदल्नु कुनै झिनोमसिनो चानचुने कुरो होईन ।

जनता नेता अनि कयौ वीर सहिदहरुको तप तपस्या बाट नै सत्ता परिवर्तन हुन्छ।नेपालको सन्दर्भमा हेर्ने हो भने १० देखि २० बर्षको अन्तरालमा सत्ता परिवर्तन भएका देखिन्छन् ।राणा शासनको कुरा अनि ज्याजती सुन्दा सायद अहिले पनि हामी सबै चसङ्ग अनि शरीर भरी काडा फुल्ने गर्छन् ।नेपाली जनताको पुर्ण अधिकार लाई बन्चित गर्दै आफुले चाहेको मात्र गर्ने उनिहरुको सिद्धान्त नै थियो।जनता माथिको अत्याचार लाई सहन गर्न नसकेपछि नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीले राजा संग मिलेर भएपनी राणा शासनको अन्त्य गर्नुपर्छ भन्ने निर्णय लिए र राणा शासन विरुद्ध उत्रनुपरेको थियो।एक्लो कति टेक्लो भन्ने उखान झै भयो आखिर राणा शासन।

राजनीति दल जनता अनि राजाको सहकार्यमा आन्दोलन चर्किदै गएपछि अन्त्यमा राणा शासन ढलेरै गयो।पंचायत अनि बहुदलको स्थापना भए लगत्तै जनताले केही खुशिको अनुभुति त पाए तर नागरिकले पाउने पुर्ण अधिकार अझै प्राप्त भएन।यो शासन प्रणाली बाट पनि जनता रुष्ट नै देखिए।कताकता जनता र राजनीतिक दलले यो शासन सत्तालाई फाल्नु पर्छ भन्ने सोच पनि फेरि उब्जियो।राजतन्त्र बहाली गर्न र पंचायत लाई फाल्न जनता फेरि ताहतुर भए।आखिर राजतन्त्र बहाली पनि भयो। देशमा बिकास समृद्धि अनि जनताले आफुले पाउने नागरिक अधिकार बाट केही समय सम्म त जनता निकै खुशी देखिन्थे।राजतन्त्र बहालिको धेरै लामो शासन सत्ता प्रणाली बाट नेपाली जनता फेरि दिनप्रतिदिन रुष्ट हुँदै गए।धेरै लामो समय सम्म सत्तामा अडिएको राजतन्त्र फाल्नु र गणतन्त्र अनि लोकतन्त्र ल्याउनु चानचुने कुरो थिएन।

निरङ्कुस शासन ढाल्नकै लागि बि स २०५२ सालमा नेकपा माओवादी हतियार बोक्दै जनआन्दोलनको घोषणा गर्दै जंगल पस्यो।सत्ता पक्ष र माओवादी बाटयुद्धको क्रममा हामिले कहिले भुल्न नसक्ने घटनाहरु पनि घटे।धनजनको ठुलो क्षति भयो।कयौ बेपत्ता भए कति वीर सहिद त कयौ कमरेडहरु अनि सुरक्षाकर्मी घाईते भए।दुई पक्षीय युद्धमा सहिद भएका माओवादी सेना तथा नेपाली सेना पुलिसलाई आज पनि हामिले सलामी दिनुपर्छ।अत: माओवादी जनयुद्ध राजनीतिक दल अनि नेपाली जनताको ठुलो संघर्ष बलिदान बाट र २०६२/६३ को जन आन्दोलन बाट गणतन्त्र अनि लोकतन्त्र बहाली भयो।लोकतन्त्र अनि गणतन्त्र स्थापना पछि नयाँ संविधान लगायत थुप्रै कुराहरु लागू भए ।तिनै ओटा तहका निर्वाचन सम्मपन्न भए लगत्तै स्थायी सरकार पनि बन्यो।नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिचको एकताले त झन नेपाली जनतामा आशा भरोसा नै दिलायो।देशमा समृद्धि बिकास रोजगार जस्ता थुप्रै कुराहरुको जनताले अनुभूति गरे ।

प्रधानमन्त्री केपि शर्मा ओलि ज्यु ले पनि जनताको मन नै जित्नु भयो। नभन्दै सरकार बनेको ३ बर्ष मै फेरि जनता रुष्ट देखिए ! आखिर किन ? केका लागि ? के यो सरकारले काम गरिरहेको छैन ? के देशमा भ्रष्टाचार लुटतन्त्र बढ्दै छ? के जनताले अब अर्को शासन सत्ता बहाली गर्न खोजिरहेका छन् यस्ता अधिक प्रश्नहरु उत्पन्न हुने गरेका देखिन्छन् । सायद दिनप्रतिदिन बढ्दै गएको भ्रष्टाचार लुटपाट असुरक्षा बलात्कार हत्या हिंसाका साथै कुरो बढी र काम कम गर्ने प्रवृत्तिले नै जनता फेरि दुई तिहाईको बहुमतको सरकार बाट रुष्ट भएको देखिन्छन् ।

अत: यो साशक सत्ता बाट पनि जनता पुर्ण रूपमा खुशी अनि सन्तोष भएका देखिन्नन।भ्रष्टाचार विरुद्धको आन्दोलन गर्ने ज्ञानेन्द्र शाही गुठी विधेकको आन्दोलन गर्ने जनता सालिकराम पुडासैनी हत्या प्रकरणमा हिरासतमा लिईएका न्युज २४ सिधाकुरा जनता संगका कार्यक्रम संचालक रबि लामिछाने समर्थको भिडले कतै फेरि सत्ता परिवर्तनको संकेत त दिएको छैन ।भ्रष्टाचार विरुद्धको आन्दोलन गरेर चर्चा कमाएका ज्ञानेन्द्र शाही सुरेन्द्र केसि सुरेन्द्र भण्डारी लगायत केही अन्य दलका नेताहरु सत्ता परिवर्तन कै लागि लागिरहेका प्रष्ट नै छ।उनिहरुले फेरि राजतन्त्र नै ल्याउने प्रतिबद्धता जनाउदै पुर्ब राजा संग भेटघाट पनि गरिसकेका छन् ।

राजतन्त्र बहालिको लागि जनताले साथ दिने नदिने समयले बताउने छ।पत्रकार रबि लामिछाने पक्राउ परेका ११ औ दिनसम्म रिहाईको माग गर्दै देशका विभिन्न ठाउँमा लाखौ जनता जम्मा भएर आन्दोलन गर्नुका साथै अब देशको प्रधानमन्त्री रबि हुनुपर्छ भन्ने नारा पनि नसुनिएका होईनन। लामिछाने राजनीतिमा आएर प्रधानमन्त्री बन्नलान नबन्नलान समयको माग अनि जनताको माग हुने छ।तसर्थ यो शासन ब्यबस्था पनि जनताले कतै परिवर्तन गर्न खोजी त रहेका छैनन् भन्ने विभिन्न किसिमका शंका उप शंकाहरु उब्जिनु स्वभाबिकै हो।

Post Comment