लेखक: महेश नेपाल
सामान्यतया शहरको नजिकको गाउँलाई काँठ भनिन्छ । परापुर्वकाल देखीनै काठ्मााण्डौ शहरको नजिकको गाउँलाई काँठ भन्दै आएको पाईन्छ । अहिले त सबैतिर नगरपालिका बन्यो अब त काँठ क्षेत्रनै रहेन । जसरी काँठ क्षेत्र रहेन त्यसैगरी हामी सचेत बन्न नसके लगभग काँठे संस्कृति पनि नजोगिने देखिन्छ । काँठ त रहेन तर काँठमा प्रचलीत संस्कृती र गित संगित अझै पनि जस्ताको त्यस्तै छन । यसको संरक्षण आजको अत्यावश्यकता हो ।
काँठमा बिबिध भाषा, संस्कृती र गित संगित छन त्यतातिर म गैन । मैले आज जोड्न खोजेको बिषय हो काँठे लोक दोहोरी गित र यसको अवस्था । काठ्माण्डौ शहरको नजिकको गाउँघर काँठमा प्रचलीत गित हो काँठे गित । कलाकार गाउँ नपस्ने, बुढापाका संग पुराना भाका नखोज्ने, चलेका केही कलाकारका लय सकेसम्म मर्काउने र नभए त्यही लयमा नया शब्द राखेर गाए मात्र काँठे गित बन्छ भन्ने भ्रम नहटेसम्म यो क्षेत्र बिस्तार होला जस्तो लाग्दैन । पहिलो कुरो मेहनतमा बिस्वास गर्नुपर्छ र आफ्नु मौलीक संस्कृतीलाई सिरोपर गर्दै बजारको माग अनुसारको गुण्स्तरीय गित दिन सक्नुपर्दछ । गुणस्तरीय गित दिए पुरै नेपाल भरीनै चल्छ । कसैको दया, मायाँको आवश्यकता पर्दैन । आफ्नु थैलिको मुख राम्ररी बाँधे अरुलाइ चोरको दोष लगाउनै पर्दैन ।
उदाहरणको रुपमा हेर्ने हो भने; झम्के फुली नाकैमा बुलाकी, घाँसै काट्ने खुर्केर, पिडिमा बसेर, अरु कालो रेलको धुवाँले, बारीको डिलमा ओखर बोट, कलकत्ते काईयो, आमा भन्दा छोरी तरुनी, हाम्री आमा सारैनै बाठीछिन, घुम्तीनिर लेट भयो, रुमालै छ चिनो, बोतलको पानीले, झुटो हैन डल्ली रेशम, मायाले बोलायो नेपाल बन्दमा, परदेशीको चिठी लगायत कैयौ गितहरु छन । अर्को जल्दोबल्दो उदाहरण हेर्नुहुन्छ भने अहिले नेपाली फिलिममा करोड/करोड भिउज गएका अधिकाँस गितहरु काँठे गितलाईनै बेश बनाएर बनाईएका हुन ।
हाम्रा गित नचल्ने हैन, हाम्रो सृजना नचल्ने हैन । तर हामीले हाम्रो गित संगित पस्किने शैली फेरेनौ, गितको लागि गित निकाल्यौँ झारा टाराको पारा भयो । जो कोही पनी गायक बन्ने, जो कोही पनि गायिका बन्ने । पाँच/दश हजार चन्दा उठायो गित निकाल्यो । पाँच/दस हजार पैसा हाल्न लगायो केही कलानै नजानेको मान्छेलाई भिडियो खेलायो । अनि लाखौ खर्चिएर चलेका नामी कलाकारले खेलेको र गाएको गित संग तुलना गरेर हुन्छ र ? बरु गितनै ननिकालौ तर निकाली सकेपछी एकदम चलेको गायक/गायिका राखौँ । यदी आफैमा पनी निकै मिठो स्वर छ भने आफै नै गाउँ तर एकजना ब्यवसायिक गायक या गायिकालाई नछुटाउँ । भिडियो गर्दा पुर्ण क्वालिटिको निकालौ र ब्यवसायिक तरीकाको भिडियो बनाउँ । अत्तोन पत्तोको उ ले भन्दा […] ल्याउनेलाई भिडियोमा ठिङ्ग नउभ्याउँ ।
गित तयार गर्यो अनि युटुबमा अपलोड गर्ने बेलामा फेरी काँठे दोहोरी गित भनेर अपलोड गर्छौँ । कत्रो छ र काँठ क्षेत्र त ? काठ्माण्डौ नजिकको गाउँ त हो । अनि काँठे गित भनेर तोकेर नै हालेसी कस्ले क्लिक गर्छ काँठ बाहेककाले ? गित हेर्दै नहेरी मन पर्ने नपर्ने हुन्छ र ? हेर्नको लागि त क्लिक गर्न पर्योनी । क्लिक गर्ननै मन नलाग्ने बातावरण बनाएर साँघुरो बनाएर हेडलाईन हालेसी कसले क्लिक गर्छ र तपाईको गित चल्छ ?
एउटा चलेको कलाकाए कुनै मिडियामा अन्तरवार्ता दिन जान्छ अन्तर्वार्ता दिन जाँदा लोक गित भनेको एकै हो, एउटै रुखको फरक/फरक हाँगा हो भनेर ठाँटिएर भन्छ अनि अन्तरवार्ता सकेर जब बाहिर आयो अनि काँठे गित, पस्चिमे गित र पुर्वेली गित भनेर भेग छुट्याउछ । यो उताको कलाकार यो यताको कलाकार भनेर भेग छुट्याएपछी कसरी हुन्छ बिकास ? सोच दरीद्र नबनाउँ । मनमा एउटा कुरा बाहिर अर्को कुरा नगरौँ । मन फराकिलो भए पो गित संगितको क्षेत्रपनी फराकिलो हुन्छनी हैन र ? पहिले/पहिले नेपाल भरका सबै गितलाई सबैले आफ्नै ठान्थे राम्रा गितले पूरा नेपाल खान्थे । अहिले पनी देश खाईरहेका छन जसले फराकिलो मन बनाएर भेग नछुट्याई नेपालीको लागि गित बनाईरहेका छन र क्वालिटिको गित बनाएका छन । जो समय अनुसार चल्न सक्यो उ पूरा नेपाल छाईरहेको छ जसले आफुलाई हामी त फलानो भेगको भनेर छुट्याएर मन सानो बनाएर प्रयास गरेन उ खुम्चिरहेको छ। यो स्विकारेपनी नस्विकारे पनि यही हो तितो यथार्थ ।
हो आफु जन्मेको ठाउँ, आफ्नु कला संस्कृति र आफ्नु भेग प्राण भन्दा प्यारो हुन्छ । त्यसलाई जोकोहीले महत्व दिन्छ र दिनुपर्छ । आफ्नु संस्कृती र गित संगितलाई प्रचार प्रसार गर्न र ब्यापकता प्रदान गर्न महोत्सबहरु गर्नुपर्छ तर मन सानू बनाउनु हुदैन । मन फराकिलो बनाउँ, नाम फराकिलो बनाउँ, सबै संग मिलेर सहकार्य गरौँ । पूरा नेपालको संस्कृती हाम्रो साझा संस्कृति हो । पुरै नेपालको गित संगित हाम्रो साझा गित संगित हो । हामीलाई सबै गितको उतीकै माया लाग्नुपर्दछ र सबै कलाकारलाई उत्तीकै महत्व दिनुपर्दछ। राम्रो सृजना गरे त्यसको कुनै भेग हुदैन, त्यसको कुनै भौगोलीक सिमा हुदैन । कुनै कुनै गित बिस्वभर हिट हुन्छन किन ? यो हामी सबैले बुझ्न आवश्यक छ ।
दोहोरी गितको औपचारीक रेकर्ड गरेर दोहोरीको सुरुवात गर्ने जननी क्षेत्र हो यो काँठ क्षेत्र । पहिले यहीको गितले देश खान्थ्यो । जसरी अहिले काँठका गितले फिल्मी क्षेत्रमा राज गर्दै देश खाईरहेको छ । हो हामी केही पछाडी परेका हौँ र केही हदसम्म सेलाएका हौँ । तर उठ्नै नसक्ने गरी थला परेका हैनौँ । अब यसको गतीलाई बढाउनु पर्छ, हामी जाग्नु पर्छ । यो महोत्सबले होस्टेमा हैसे अवश्य गर्नेछ । काँठे सँस्कृतिलाई माथी उठाउनको लागी जुन महोत्सब हुदैछ यसले यस भेगको गित संगितको प्रचार प्रसारमा निकै ठूलो योगदान दिने कुरोमा दुईमत छैन । महोत्सब सफलताको मुरी मुरी शुभकामना छ । तर महोत्सव सकीए पछाडी पनी उहीँ साँघुरो सोच र सानू चित्त बनाए यस्ता हजार वटा महोत्सब गरेपनी केही पनि परीवर्तन आउने वाला छैन । कुरा धेरै छन लेख्न थाले निकै लम्बिन्छ । आजलाई यत्ती। अरु कुरो अर्को लेखमा । धन्यबाद ।