करन साउद
नेपाली राजनीतिमा घुस भ्रष्टाचार अनियमितता हत्या बलात्कार जस्ता थुप्रै मुद्दाहरुले आज भोलि निकै चर्चा परिचर्चा पाएको छ। पछिल्लो समयमा निर्मला हत्या बलात्कार काण्ड महरा रोशनी यौन काण्ड बिष्णु बालुवाटार काण्ड गच्छदार भ्रष्टाचार काण्ड तथा सूचना तथा संचार मन्त्री गोकुल बास्कोटा ७० करोड घुस बार्गेनिङ काण्डले सडक देखि सदन सम्म माहोल निकै तताएको छ।उसो त नेपाली कांग्रेस एमाले माओवादी लगायत अन्य केही दलका नेता मन्त्रीहरुलाई भ्रष्टाचार सम्बन्धि मुद्दा आरोप नलागेका पक्कै पनि होईनन।
केही दिन अगाडि मात्र कांग्रेस नेता बिजय गच्छदार पनि भ्रष्टाचारको मुद्दामा मुछिएका थिए । राष्ट्रको सूचना तथा संचार जस्तो अति संबेदनसिल तथा गरिमामय पदमा बस्नु भएका बास्कोटाले ७० करोड घुसको बार्गेनिङ गर्नु ठुलै चुनौतीपूर्ण चिन्ताजनक बिषय हो। हिजो देखि आजसम्म म भ्रष्टाचार गर्दैन र मेरो पार्टीका कसैले गरेको भए छोडिन्न र मुख पनि हेरिन्न जस्ता भाषणले केपि शर्मा ओलिलाई यो काण्ड ठुलो चुनौतीपूर्ण रूपमा देखिएको छ।केही महिना अगाडि देशको सभामुख जस्तो पदमा बस्नु भएका कृष्ण ब महरा पनि यौन काण्डमा निकै तानिए र अदालत सम्म मुद्दा दर्ता समेत भएको थियो।अदालतले महरा लाई निर्दोष ठहर गर्दै दोषी नभएको साबित गरेर सफाई दिईसकेको छ भने अब बास्कोटालाई मुद्दा लाग्छ लाग्दैन कारबाही हुन्छ हुदैन आदि ईत्यादी जस्ता थुप्रै कुराहरुले जनतामा ठुलो शंका उपशंखा छाएको छ।
जनताले MCC बारे बिरोध गर्दै गर्दा एमसिसि पास हुनै पर्छ भन्दै कुर्लिने र जनतालाई विभिन्न प्रकारका नराम्रा अभिव्यक्ति दिने बास्कोटाको ब्यालुन दम्भ घमण्ड अनि सत्ता र पावरले नभरिएको पनि होईन । भ्रष्टाचार बिरोधी अभियान्त ज्ञानेन्द्र शाहिलाई आफुले भ्रष्टाचार गरेको प्रमाण भए ल्याएर देखाउन समेत चुनौती र च्यालेन्ज पनि दिएका थिए।नभन्दै केही दिन मै बास्कोटाको ७० करोड घुस मागेको अडियो बाहिर आएर सनसनी पुर्णरुमा छाउदै राजीनामा समेत गरिसक्नु भएको छ।बास्कोटा ओलिका निकै नजिकका मन्त्री समेत मानिन्थे र ओलिले पनि बास्कोटाको खुब चर्चा परिचर्चा गर्ने गर्दथे।विभिन्न खाले उखान टुक्काहरु भन्दै आगो माथी घ्यु थप्ने जस्तै बास्कोटालाई फुरुङ्ङ बनाउने काम ओलिले नगरेका होईनन ।
ओलिका यस्ता प्रकारका कुराहरु सुन्दै बास्कोटालाई झन नाक ठुलो बनाउने अवसर नमिलेको पनि होईन ।जनताले आफ्नो अमुल्य भोट दिएर नेता मन्त्री चुन्दै सत्तामा पुगाईएकाहरु बाट नै यसरी सेटिङ बार्गेनिङ गर्दै करोडौं कुम्ल्याउने नितिले नै आज देश ठुलो दुर्दशा र गम्भीर अवस्थामा पुगेकी स्पष्ट देखिन्छ।तसर्थ अब बास्कोटालाई राजीनामा र पद बर्खास्तले मात्र पुग्दैन जनताको अगाडि ल्याएर मुख भरी कालोमोसो दल्दै जुत्ता चप्पलको माला लगाउदै जिन्दगी भरी कारागारमा थुनिने कारबाही हुनुपर्छ किनकि आउने दिनमा बास्कोटा जस्तै कसैले ७० करोडको बार्गेनिङ गर्ने आट हिम्मत अनि साहस गर्न नसकुन तथा सचेत बनुन।