काँठे लोक दोहोरी महोत्सब- २०७६: लिला श्रेष्ठ “उपेक्षित”

काँठे लोक दोहोरी महोत्सब- २०७६: लिला श्रेष्ठ “उपेक्षित”
विचार

लेेेखक: लिला श्रेष्ठ (गायक,सर्जक)

एक दृष्टीकोण:
भोली २०७६ फाल्गुन १६ देखि २० गते सम्म काठमाण्डौको टुडिखेलमा हुन गई रहेको “काँठे लोक दोहोरी महोत्सव २०७६” को प्रतिक्षाको घडी सकिनै लागेको छ । महोत्सव आफैमा पर्व, उत्सव हो। यो महोत्सव लाई कांठ क्षेत्रको उपलब्धी को रुपमा लिईको पाइन्छ । सांस्कृतिक आधारमा हुन गई रहेको कांठे लोक दोहोरी महोत्सवको एउटा विशेषता हो । अन्य महोत्सव हरु जस्तै यसले जनजीवनमा पार्ने प्रभाव सफलता संग गाँसिएको छ । यस किसिमको महोत्सव हुनु आफै मा ठुलो कुरो हो र आयोजकको राम्रो पक्ष हो । वृहत तैयारी, छलफल, प्रचार–प्रसार यसको विषयवस्तु लाई अझै लोकमा पु¥याउनु सकेको भए यस कार्यक्रमले यस क्षेत्र को विविध सांस्कृतिक विशेषता र कला सांस्कृति को उजागर गर्ने कुरा मा दुईमत हुदैन थियो । यद्यपि अहिले जुन ढंगले यसको तैयारी हुदै छ यसको सफलता आशातीत छ । यसै विषय वस्तुको सेरोफेरो मा रहि कांठे लोक गित को बारेमा थोरै चर्चा गर्नु चाहन्छु। कांठ क्षेत्रमा प्रचलित गित हरु लाई कांठे भाका भनेर चिनिनु यसको अर्को विशेषता हो। भौगोलिक आधारमा विभिन्न स्थान,भुभागमा आर्थिक सामाजिक, पर्यटन विकासका लागी हुने महोत्सव भन्दा लोक दोहोरी महोत्सवले नेपाल भ्रमण वर्ष २०२० लाई आकर्षित गरेकोले राष्ट्रिय आय श्रोतमा टेवा पुग्ने देखिन्छ ।

नेपाल एकीकरण पुर्वको नेपाल खाल्डो जस्लाई पछि नेपाल उपत्यका जो कान्तिपुर , ललितपुर , कीर्तिपुर, भक्तपुर लगायतको राज्यको भ–ुभाग जो चार भन्ज्याङ्ग भित्र (ललितपुर पार्टी भन्ज्याङ्ग, भक्तपुरको साँगा भन्ज्याङ्ग, काठमाण्डौ, नुवाकोटको रानीपौवा, काठमाण्डौ थानकोट भित्रको भागलाई काँठ क्षेत्र भनिएको पाइन्छ । काष्ठमंडप (हालको गणेश मन्दिर) हनुमान ढोका को नाम बाट काठमाण्डांै वरी परि लाई मात्र काँठ भनिएको र काँठ बाट अपभ्रम्स हुदै कांठे भनिएको ऐतिहासिक दस्तावेजहरु बाट खुलेको पाईन्छ । काँठ क्षेत्रका जुनसुकै जात जाति सम्प्रदायका चाड,पवर्, विवाह, उत्सव, मौसमी गितहरुलाई नै कांठे गित भनिन्छ । काँठ क्षेत्रका गितको विकास र विभिन्न समय काल खण्डमा उदाएका सर्जक हरुको बारेमा अर्को अंकमा लेख्ने छु । केहि दशक अगाडी देखि यस क्षेत्रको गित पछि पर्दे गएको होकि भन्ने संदर्भमा कलाकार हरुमा आएको सिर्जनाको कमी, पुरानै सिर्जनाहरुमा रमाउने प्रवती, सांस्कृतिक अतिक्रमण र प्रवधि संग दौडिन नसक्नु नै हो ।

कांठे गितको स्थान – एउटा छुटै मौलिक विशेषता बोकेको कांठे गित लोक तथा श्रोता मा छिट्टैसरने र सदियो वर्ष सम्म जिवन्त रहने गित हो । यो बर्खामा आएको भेल जसरी सरने र छिटै हराउने हुदैन । यसका अरु विशेषताहरु लाई क्रमश पछि चर्चा गर्दे गरौउला । म गितको लय चोखो हुनुपर्छ भन्ने मान्यता मा उभिन्छु किनकि लोक गितमा लय नै प्रधान हुन्छ, त्यसैले त जनकवि केसरी धर्मराज थापाज्यू ले लोकगितको परिभाषा दिंदै “चोखो लय र शब्दको प्रभाव बाट उठी जनजीवन लाई प्रभाव पार्न सक्षम भएको छ लोक गित यसैले मानव सृजनाको पहिलो प्रस्फुरण लोक गित नै हो ” भन्नु भएको छ । लोक भावना विचारको मौखिक एवं श्रुती परम्पराद्वारा एक पुस्तावाट अर्को पुस्तामा सर्दैजाने सरल र सरस सांगितिक कथा लयात्मक अभिव्यक्ति नै लोक गित हो । तसर्थ मेरो दृष्टिकोण वाट लोक गितलाई पहिलो, दोस्रो र तेस्रो पुस्ता भनि हस्तान्तरण गरी गणनाको रुपमा अभिलेख राख्नुपर्छ जस्तो लाग्दैन । यो त स्वत सर्दै जाने प्रकृया हो भने सर्जकहरु विभिन्न काल खण्डको प्रतिनिधित्व गर्ने पात्र हरु हुन्। लोकगित लोककै सम्पति हो, यसको रचना समाज ले पनि गर्दछ ।

उदाहरणको लागि यो गित:

कहाँ गयो देउ बहादुर दुरा
सुन्नै भयो कल्पुटार बजार

यो एक ताका केहि समयको लागी समाज बाट हराएका देउ बहादुर दुरा को विषय मा तेहि को समाजले गाएका गित हो । अर्को तर्फ भन्ने हो भने सर्जकले सृजना गरेको गितलाई समाजले स्वीकार गरेपछि त्यो रचना पनि लोकगित हो भने लोक बाट बेला–बेलामा विभिन्न मेलापात, पर्वमा गाईने गरेको ल्यात्मक भाका लाई सर्जकले संकलन गरी प्रस्तुत गरेको गित पनि लोकगित हो। झनै अहिले त लोक दोहोरी गित नै लोक को पहिलो रोजाई हुनु पुगेको छ ।

कार्यक्रमको सुरुवाती र समापन महोत्सवको व्यवस्थापन पक्ष हो भने नयाँ कलाकार प्रति यस क्षेत्रको कला र संस्कृतिको संरक्षणको बाँटो देखाउनु यो महोत्सव को माध्यम बाट आयोजक, अग्रजको भुमिकामा अग्रज कलाकारहरुको योगदान लाई भुल्न सकिन्न । काठे गितको जर्गेनामा साचिकै हामी लागी परेको हो भने कांठे भाकाका गितहरुलाई स्वार्थको दृष्टिकोण बाट टाढा रही न्यायपुर्ण ढंग बाट नवप्रतियोगी कलाकारहरु सम्म चोखो गित पु¥याउनु सक्नुपर्दछ र प्रतियोगितामा निश्पक्षता हुन् अति जरुरी देखिन्छ । यही ढंग ले पुराना गित संगित लाई बंगाई तोडमोड गर्दै  शब्दहरु फेर्दैमा हामी लोकगित तथा लोकदोहोरी गितको नया सृजना, संकलन र खोजी मा छौभन्न सकिन्न । यसको लागी सर्जक, कलाकार तथा आयोजक बाटै सोचौ । यस क्षेत्रका कलाकारहरुमा ठुलो मेलमिलाप पनि छ र मतभिन्नताहरु पनि छन्, भुझाई को दुरी नाप्न सकि रहेको छैनौजस्तो मलाई लाग्दछ । कुनै पनि कार्यक्रमलाई आँखा चिम्लेर सर्मथन गर्नुपर्छ भन्ने ठान्दिन तर यसको अर्थ विरोध गर्नु होइन्।

अन्तमा कांठे महोत्सव को सुरुवाती मै मैले यस क्षेत्रका गित संगित संग सम्बन्धित सर्जक, कलाकार र कलाकारका संस्थाका प्रतिनिधिहरु को सहभागितामा योगदान का आधारमा, सर्जक, अग्रज तथा नयाँ कलाकारहरुलाई समेटेर, जानकारी प्रदान गरेर अगाडी बढनु उपयुक्त हुन्छ भन्ने राय सुझाव प्रस्तुत गरेको थिए ।आयोजकको आफ्नो चाहना योजना पनि हुन्छन नै । महोत्सव को तैयारी को क्रममा राम्रा पक्षका कुरा र काम को लागी सर्मथन र सहयोग गर्ने र कमी कमजोरी हरुलाई सुधारदै सबैलाई समेटदै अगाडी बढौ भनेर आलोचनात्मक सर्मथनको बाटो तय गरेको हो ।

यसमा आयोजक बाट विरोधको भाषाको रुपमा नबुझि दिन हुन विनम्र अनुरोध गर्दैछु। यो जीवन जगतमा आदर्श, यथार्थ र दुखान्त हरेक मानवीय जीवन ले बुझनुर भोग्नु पर्ने कुरा हुन र म भित्र कुनै पनि लोभ पाल्नु पर्ने अवस्था नभएरै यस महोत्सव लाई बाहिर बाट सहयोग गर्ने निर्णय गर्दे आयोजक बाट टाढा रहे । गित संगितको शुद्धताको सम्बन्धमा कतिपय नयाँ कलाकार तथा मित्र हरुमा म बाट मतभेदका कुराहरु जान अन्जान बाट प्रस्तुत भयो होलान्, कसै प्रति चित्त दुख्ने काम भयो भने क्षमा चाहन्छु । आयोजक प्रति गित संगितको साचों र वास्तविक कुरा लाई अगाडी बढाउ भन्ने सवालमा आफ्ना पछिल्ला सृजनाहरु समेटने सवाल मा भएका मेरा व्यक्तिगत गुनासो केहिे छैन् मात्र समग्रह गित संगित र कलाकार को भलाई र उपस्थितिको पक्षमा उभिएको हु । प्रतियोगितामा सबै गितहरु ल्याई न्यय पुर्ण ढंगबाट स्थान दिइयोस । आयोजक बाट समझिनुभएकोमा मुरी धन्यवाद दिदै भविष्य मा हुने कार्यक्रममा भेटौला । कांठे गित लगायत समग्रह नेपालको गित संगितको संरक्षण संबर्धन र सृजना मा लागौ।

श्रोतः विभिन्न साहित्य सम्बन्धी पत्र पत्रिका, लोक साहित्य सम्बन्धि सामग्रीहरु पाठय पुस्तक हरु । महोत्सव सफलताको कामना । जय गित ।

Post Comment