सम्माननिय मुख्यमन्त्री ज्यु,
७ नम्बर प्रदेश, सुदुर पश्चिम, नेपाल ।
मुख्यमन्त्री ज्यु सबैभन्दा पहिला त दाहिने हात मुठ्ठी बटार्दै आकाश तिर माथी उठाउदै रातो सलाम भन्न चाहे ।मुख्यमन्त्री ज्यु सेतो कागजमा कालो मसिले केही हृदय बिदारक शब्दहरु लेखेर हजुर समक्ष पुर्याउने ठुलो चाहना ईच्छा धोको आज मात्र होईन हिजो देखि आज सम्म कायम नै रहेको थियो।मन हृदय अनि मुटु भित्र बाट तपाईं प्रती समर्पण गर्ने धन्यवाद र स्याबासिका शब्दहरु मन भित्र बाट भकभक उम्लिदै बाहिर नआएका होईनन।तर सायद समय परिस्थिति र माहोलले साईत नजुराएर होला ती शब्दहरु यथास्थिति मै मन भित्र रोकिन बाध्य भएका छन् ।
मुख्यमन्त्री ज्यु सबैभन्दा पहिला त तपाईंको बिदेश देखि स्वदेश सम्मको राजनीतिक यात्राको संघर्षरत जिवनी र त्यसैमा तपाईंले हासिल गर्नु भएको राजनीतिक जितको त मैले प्रशंसा नै गर्न सक्दैन।मुख्यमन्त्री ज्यु तपाईंको बिदेशमा गर्नु भएको राजनीतिक यात्रा पनि निकै कठिन र उत्तिकै संघर्ष बिदारक अनि चुनौतीपूर्ण थियो ।प्रवासको बसाई एकातिर रोजगारी अर्कोतिर संगठनमा दिनु पर्ने योगदान अनि नेपाली माथी प्रवासमा आईपर्ने विभिन्न खाले समस्याहरुको समाधान गर्दै हिड्नु भएको त्यो तपाईंको संघर्ष र मेहनतको अझै पनि प्रवासमा आजसम्म चर्चा परिचर्चा कायमै रहेको छ।मुख्यमन्त्री ज्यु तपाईंले प्रवासमा हुदा पनि नेपालीहरु माथी आई परेका समस्याहरु सुल्झाउदै प्रवासिहरुलाई लगाएको गुन युगौयुग सम्म जिवित नै रहने छ।
मुख्यमन्त्री ज्यु प्रवासको संघर्षरत बसाई अनि कर्म र कार्यलाई बिट मार्दै अब स्वदेश मै जनता अनि नेपाली माटोको लागि केही गर्छु भन्दै स्वदेश हानिनु भएको त्यो अवसरमा त हजुर लाई दिन सक्ने हामी संग कुनै शब्द नै बचेका छैनन् । तपाईं जुन सोच नारा बिचार नीति सिद्धान्त लिएर प्रवासलाई बाईबाई र स्वदेश लाई हाईहाई गर्दै हिड्नु भएको थियो आखिर सफलता पनि त्यस्तै प्राप्त गर्नु भएको क्षण जिवितै छ।मुख्यमन्त्री ज्यु जब तपाईंले जनताको मन जित्दै प्रदेस नम्बर ७ बाट मुख्यमन्त्री गरिमामय पदमा बिजयी हासिल गर्नु भयो अनि हामी प्रवासमा भएका लाखौ लाख सुदुर पश्चिमेलि युवाहरुले पनि प्रवासिको जित भएको अनुभव गर्यौ किनकि तपाईं प्रतिको आशा भरोसा अनि ईमान्दारिता कायमै थियो ।त्यसै माथी तपाईंले ७ नम्बर प्रदेशको मुख्यमन्त्री पद नियुक्ति लगत्तै विभिन्न कार्यक्रममा बोल्दै प्रवासमा हुने दुख पीडा मैले बुझेको छु म पनि भारतका धेरै शहर घुमेको छु अब तपाईंहरुले प्रवासमा दुख पीडा खेप्नु पर्दैन त्यति मात्र होईन भारत जाने प्रवृत्ति तथा परम्पराको अन्त्य गर्ने छु भन्दा हल नै तालिले गुन्जायमन बनेको थियो भने त्यो खुशिको कुरो सुन्दा हामी प्रवासिलाई त झन खुशिको सिमा नै थिएन।
मुख्यमन्त्री ज्यु हजुर बाट पलाएका ती आशा अनि भरोसाका ठुला ठुला सम्भावनाहरु अझै मरेका छैनन् तर मुख्यमन्त्री ज्यु हजुरले कार्यकाल सम्हाल्नु भएको करिब २ बर्ष भन्दा माथी नै भैसकेको छ तर हजुरले उदघोषक गर्नु भएका ती वचन अनि भाषणका मिठामिठा शब्दहरु ०% मै सिमित देखिन्छन् ।भाषण त भयो तर काम कार्य भने जस्तो र हामिले सोचे जस्तो देखिएन ।मुख्यमन्त्री ज्यु हजुरले भारत जाने परम्पराको अन्त्य गर्छु भन्ने वचन एउटा् कार्यक्रममा मात्र भन्नू भएको होईन सुदुर पश्चिमेलि समाजको धनगढीमा महा अधिबेशन हुँदै गर्दा प्रमुख अतिथिको हैसियतले भाषण गर्दै गर्दा फेरि पनि त्यो प्रतिबद्धता जनाउनु भएको थियो ।मुख्यमन्त्री ज्यु म तपाईंका ती वचन लाई बिकास अनि समृद्धि तिर जोड्न चाहदैन किनकि बिकास अनि समृद्धि एकै पटक कोल्टे फेर्ने त पक्कै पनि होईन ।
भारतमा पलायन हुने अधिकांस सुदुर पश्चिमेलिहरुका लागि तपाईंले उदघोष अनि हामीलाई दिनु भएका आशा र बचनहरु कहिलेसम्म पूरा हुने छन् ।मुख्यमन्त्री ज्यु हामीलाई खुल्दुली नै लागेको छ। मुख्यमन्त्री ज्यु भाषण मात्र दिने काम कार्य नगर्ने प्रवृत्तिले नै नेपाल आज यो अवस्थामा छ। मुख्यमन्त्री ज्यु स्वदेशमा केही पनि रोजगारीको अवसर नपाउदा हिजो भन्दा आज भारत पलायन हुने नेपालीको संख्या झन बढ्दो अवस्था छ। तसर्थ मुख्यमन्त्री ज्यु तपाईंले दिएका भाषण मात्र होईनन जहाँ सम्म देश अनि राष्ट्र बनाउने नारा बोकेका नेताहरुले दिएका सबै भाषण यथार्थमा लागू भै दिउन र नेपालीहरु बिदेश पलायन हुने परम्परामा कमि आओस् ।
उही तपाईको जनता करन साउद, हाल भारत