आज भन्दा ठिक १८ बर्ष पहिले बितेका कुराहरु लाई आज सम्झिदै छु । आज ठिक १८ बर्ष पुग्यो मैले slc गरेको २०५८ साल फाल्गुन महिनाको २५ गते देखि सुरु भएको थियो । त्यो बेलाको slc र आज भोलिको see भन्ने गर्छन । म लगाएत १६ जना परिक्षार्थिले कालिका मा बी पातलकोट अछाम बाट भाग लिएका थियौ । त्यो बेलाको माहोल बच्चा देखि बृद्ध सम्म एकदमै कस्टकर थियो माओवादी को पहल चहल देखि सुरक्षा कर्मी देखि पनि डराउनु पर्ने अवस्था थियो ं slc परिक्षा भन्दा २५ दिन पहिले अछाम जिल्ला को सदरमुकाम मंगल्सेन र जिल्लाकै एक नम्बर ब्याबसाय क्षेत्र मानिने साफेबगर मा झन्डै २०० सयजना को हाराहारीमा प्रहरी जवानहरुले अकालमै ज्यान गुमाएका थिए । त्यो दिन सम्झदा अहिले पनि आखा रसाउछन!!
चैत मा सुरु हुने slc परिक्षा दिन म लागएत सबै जना साथी हरु जिल्लाको सदरमुकाम मंगल्सेन तिर लागेउ घर बाट हिडेर झन्डै ८/९ घन्टाको बाटो तेहि पनि आफ्नो ९ दिन सम्म को खाने कुरा हरु बोकेर लैजानु पर्ने हिड्ने बाटो मा पानी समेत नपाउने त्यो ठाउँ तेसैमाथी प्रहरी जवान हरुले दिएको दुख सम्झिदा अहिले पनि कति नराम्रो महसुस हुन्छ त्यो भोग्ने लाई मात्र थाहा हुन्छ ! सबैजना साथी हरु सङगै जाँदै थियौ मङलसेन को ढल्याको उकालो भन्य ठाउँ छ त्यो ठाउँ सारै गाह्रो ठाउँ हो त्यो उकालो बाट मङलसेन बजार पुग्न १/२ घन्टा लाग्थ्यो तेति बेला हिडेर जादा ,हिडदा हिड्दै थकाइको त कुरै नगरौ पानी प्यास लागेर मुख नै सुखेको थियो तेहिबेला प्रहरी जवानहरुले गरेको हर्कत अमानवीय पुर्ण थियो ।
हामी बिध्यार्थिलाइ तिमिहरु माओवादी हो पढ्ने बेलामा जङ्गल तिर गयौ अहिले परिक्षा दिन कापी कलम बोकेर आयौ भनेर अनेकौ थरिका गाली गलौज र लाठी चार्ज पनि गर्यो तेति ले मात्र पुगेन हातको कुना र खुट्टाको घुडाले ढुङ्गा नै ढुङ्गा भएको उकालोमा हिडन लगायो मेरो र एक जना साथी को त कति धेरै रगत बग्यो भनेर साध्यनै छैन कति रोयौ तर प्रहरी लाई अलिकती पनि माया लागेन अझै हामिले कहिलै नसुनेको नाम पुकारेर पिट्न थाले । त्यो दिन सम्झदा म मात्र नभै म सङग भएका सबै साथी हरु अहिले पनि जिन्दगी लाई फर्केर हेर्दा दुख पुख्नु हुन्छ ।
साझ सबैजना गन्तव्य स्थलमा पुगेउ केही आराम भएको महसुस भएको थियो बजार मा कर्फु लागेर ६ बजे बाट बाहिर जान नपाउने भन्ने समाचार आयो ५ बजे खाना खाने ६ बजे कोठा भित्र को भित्रै बस्नु पर्ने एक दिन हामी बत्ती बालेर पढाइ गर्दै थियौ ७ बजेको थियो तेति बेला प्रहरी आयर बन्द गराउन लगायो एकछिन मा गर्छु सर भन्दा उल्टै हतियार देखाएर तर्सायो पढी नपढी जसरी तसरी परिक्षा दियौं परिक्षा कोठा बाहिर पनि बन्दुक पडाउन थाले पछि कोइ परिक्षा नदि घर फर्के त कोइ साथी हरुले अलि अलि लेखेर परिक्षा दिएर आयौं ।
परिक्षाको अन्तिम दिन पुलिस को डरले खाना नै नखाइ भोकै घर हिडियो अब पास हुने त ५०% मात्र आशा थियो तर आफू भने बाचियो भनेर अलि खुसी भएका थियौ घर पुगेको भोलि पल्ट माओवादी आएर हामी सङग जानू पर्छ नत्र नराम्रो हुन्छ भनेर डर त्रास देखाउन थाले हामिलाइ डर लागेर फेरि माओवादी हरु सङग ३/४ दिन हिडियो पछि ५ दिनको दिन घर फर्केर बिहान ३ बजे आफ्नो ज्यान बचाउन भनेर भारत तर्फ हिडियो ।
त्यो बेल यस्ता समस्य र आफ्नो करियर बरबाद भएका म जस्ता हजारौ छन होला माओवादीमा जाने हरु कसैले त आफ्नो स्वार्थ पूरा गरे भए कोइ अहिले पनि जिन्दगीका सपना हरु अधुरै भएका गुनासो गर्छन र म पनि त्यो बेला माओवादीको अमानवीय हर्कत सम्झिछु सोच्छु दिक्कार छ तिमिहरुलाइ अहिले जति फुर्ती लगाए पनि अरुलाइ दुख दिएर आफुले पायका ती खुसी केही समय सम्म मात्र रहन्छन म त भन्छु मेरो जिन्दगीलाई अर्काको देशमा काम गरेर खान बाध्य बनाउने भनेको माओवादी हो !!
यो १८ बर्ष पहिले भोगेको दुख कस्ले बुझ्ने माओवादि त सत्तामा गयो आफुले चाहेको मन परि गर्यो आफ्ना आसे पासे हरुलाइ अरब पति बनायो हामिले कहिले सुख र सान्तिको महसुस पाएनौ मेरो जस्तो जिन्दगी धेरै जना को भएको छ मलाई राम्रोसँग थाहा छ तर हामिहरुलाइ अर्काको देशमा बस्न बाध्य बनाउने यो माओवादी नै हो!
मैले आफ्नो slc परिक्षामा भोगेका दु:ख यहाँ पोखेको हु अन्यथा नलिनु होला । धन्यवाद ।