
केही महिना अगाडि चीन बाट फैलिएको कोरेना भाईरसले यतिखेर पुरै बिश्वलाई नै चिन्तित बनाएको छ।चिनमा थुप्रै ब्यक्तिहरुले ज्यान गुमाई सके पश्ताप केही दिन यता चीन सरकार र चिनी डाक्टरहरुको अथक प्रयास पछि कोरेना भाईरस नियन्त्रणमा आएको देखिए पनि बिश्वका हरेक राष्ट्र भने कोरेनाको चपेटामा पिल्सिरहेका छन् । विश्व कै शक्तिशाली मानिने अमेरिका पनि कोरेना बाट निकै त्रर्सित बनेको देखिन्छ।स्वदेशमा बेरोजगार हुदा बिदेश पलायन भएर काम गर्नु पर्ने बाध्यता भएर बिदेशका हरेक देशमा रहेका नेपालीहरु पनि यतिबेला कोरेना भाईरस बाट निकै चिन्तित बनेका छन् ।सबैभन्दा नजिकैको छिमेकी राष्ट्र र खुल्ला सिमाका कारण आवतजावत सजिलो हुने भएका कारण नै भारतमा अधिक नेपालीहरु काम गर्ने गर्छन् ।
भारतका हरेक राज्यमा कोरेनाको निकै प्रभाव तथा बिगबिगी रहेको देखिन्छ भने हालसम्म ३ जनाले ज्यान नै गुमाई सकेका छन् । साथ साथै होटेल महल कलेज स्कुल लगायत मार्केटहरु पनि बन्द भैसकेका छन् । भारतका अधिक शहरहरुमा काम गर्ने नेपालीहरुको अवस्था पनि निकै चिन्ताजनक रहेको देखिन्छ।भारतमा रहेका नेपालीहरुलाई दुख पीडा समस्या लगायत विभिन्न प्रकारका आईपर्ने समस्याहरुलाई सामाधान गर्नको लागि नै नेपाली दूतावास स्थापना गरिएका हुन्छन् तर भारतभरी कोरेना फैलिरहेको बेला नेपालीहरुलाई भने दूतावासले कुनै सन्देश सल्लाह सुझाव नै दिन सकेको छैन।भारत भरी रहेका हरेक नेपाली सम्म कोरेना भाईरस बाट बच्ने उपाय सन्देश सल्लाह सुझाव आदि कुरोहरु प्रत्येक नेपाली लाई दिनु दूतावासको दायित्व पनि हो।तर दूतावास आफैमा मौन देखिन्छ।कोरेनाको यस्तो त्रासपुर्ण अवस्थामा पनि नेपाली दूतावासले एउटा सन्देश मुलक ज्ञान दिन नसक्नु ठुलो दुर्भाग्य पनि हो।
भारतभरी रहेका नेपालीहरु चिन्तित बनिरहेका बेला नेपाली दूतावास र नेपाल सरकारले कुनै पहल नचालिदिनु नै बिडम्बना हो।तसर्थ म लगायत भारतमा रहेका लाखौ नेपालीहरु नेपाली दूतावास र नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छौ भारतमा रहेका हरेक नेपाली सम्म कोरेना भाईरस बाट बच्ने उपाय लगायत जनचेतनाका सन्देशहरु जारी गर्दै नेपालीहरुको अवस्था के कस्तो छ भन्ने सम्बन्धि जानकारी लिईयोस ।