
भारतको युपीको सरकारले भारतको दिल्लीबाट आफ्नो घर आउने जनताको लागि १ हजार गाडी पठायो तर हाम्रो सरकार ले पीडा माथी पीडा थप्यो ।
यहाँ कसरी दुख दियो भन्य प्रश्न तेर्याउनु होला? त्यस्को पनि जवाफ दिन्छु । म सुरक्षीत छु अरु धेरै साथी हरु पनि सुरक्षीत हुनु हुन्छ होला तर यहाँ हामिले आफू मात्र हेर्ने होइन । भारतमा मात्र हजारौको सङ्ख्यामा अलपत्र परेका छन। न खानको बेबस्था छ न त बस्नको नै नेपाल सरकारले लक डाउन गर्यो त्यस्को लागि म खुलेरै सपोर्ट गर्छु । तर अर्काको देशमा भएका आफ्नो नागरिक लाई सहयोग गर्नु पर्छ कि पर्दैन ? बाटो मा अलपत्र परेका नेपाली को उद्दार गर्नु पर्छ कि पर्दैन ? भारत को हरेक शहरमा आफ्नो मजदुरि गरेर आफ्नो परिवार पाल्ने ती नेपाली लाई सहयोग गर्नु पर्छ कि पर्दैन??
अहिले भारतको विभिन्न शहरमा लाखौ नेपाली रुदैकराउदै छन आफ्नो देशमा फर्किन चाहान्छन । आखिर कुनै पनि रोग अथवा समस्या पर्दा सम्झने भनेको आफ्नो परिवार आफ्नो देश नेपाल नै हो । आखिर ती दुख मा छट्पटाइ रहेका नेपाली हरुले सरकार बाट के नै अरु अपेक्षा गर्छन र गर्ने भनेको नै हामी कुनै पनि समस्यामा पर्दा हाम्रो सरकार ले सहयोग गरोस भनेर त हो हामी चुनाव को बेला आफ्नो चलिरहेको रोजिरोटी छोडेर घर फर्कने केको लागि ??
कति धेरै जनालाइ मैले देखे आफू सुरक्षीत भए अरुको कुनै मतलब नै नगर्ने रहेनछन । यो बिरानो ठाउमा यस्तो बेला नै हो एक नेपालीले अर्को नेपालीको सहयोग गर्ने हामिले आफू मात्र खुसी हुन नसिकौ अरुलाइ पनि खुसी भएको देख्ने मौका दिउ सबैजना लाई आग्रह गर्दछु ।
यसो भनीरहदा म कुनै समस्यामा छैन म अझै १० जनालाइ आफ्नै कोठामा राखेर पाल्न सक्छु मैले हाम्रै नेपाली दाजु भाइहरुको समस्यलाइ बुझेर मात्र दुई शब्द राखेको हो । सबैजना ले समस्यामा परेका नेपाली हरुलाइ आ आफ्नो ठाउबाट सकेको सहयोग गरौ। एक नेपाली ले अर्को नेपाली को पीडा बुझौ । अन्त्यमा मेरो नम्बर हिजो अस्ति पनि राखेको थिए फेरि पनि रख्न चाहान्छु कुनै खान बस्न को समस्या छ भने सम्झिनु होला ।9833572738 मा कल गर्नु होला धन्यवाद ।