प्रवासमा सैयौँ संघ, संस्था र राजदुतावास हुदापनी कोरोनाले अलपत्र नेपालीको दु:ख उस्तै

प्रवासमा सैयौँ संघ, संस्था र राजदुतावास हुदापनी कोरोनाले अलपत्र नेपालीको दु:ख उस्तै
विचार
लेखक: करन साउद, हाल: भारत

चाईना बाट सुरु भएको कोरेना भाईरसले विश्व मै धनजन लगायत ठुलो मानवीय क्षति बेहोर्नु परेको छ।संसारभरिका हरेक राष्ट्रले छोटो समयमा ठुलो क्षति बेहोर्नु परिरहेको छ।बिश्व नै ठुलो संकटको भुमरीमा परेको छ।

बेरोजगारीका कारण बिश्वका हरेक देशमा छरिएका नेपालीहरु पनि कोरेनाका कारण आज बिदेशका हरेक देशमा अलपत्र अवस्था रहेका देखिन्छन ।केही दिन अगाडि दुबै विमान स्थलमा कयौ नेपालीहरु अलपत्र परेका समाचारहरु पनि नआएका होईनन।करिब 40 देखि 50 लाख सम्मको हाराहारीमा भारतमा रहेका नेपालीहरु पनि लाखौको संख्यामा स्वदेश फर्के पनि धेरै नेपालीहरु फर्कन पाएका छैनन् ।

कयौ नेपालीहरु भारतका विभिन्न शहरमा स्थायी बसोबास बसोबास गर्ने भए पनि अधिक नेपालीहरु भने अस्थायी बसोबास गर्ने गर्छन् ।खेती गर्ने समयमा नेपालीहरु स्वदेश फर्कने गर्छन् भने बाकी समयमा भारत मै काम गर्ने गर्छन् ।कोरेना भाईरसका कारण आज लाखौ नेपालीहरु भारतमा काम बाट निकालिएका छन् ।प्रायः होटेल अफिस लगायत सोसायटिमा सेक्युरिटीको काम गर्ने नेपालीहरुले काम बाट हात धुनु परेको छ।

22 मार्च देखि भारत सरकारले पुर्ण रूपमा 21 दिनको लागि भारत बन्द गरेपछि काम बाट निकालिएका स्वदेश फर्किने नेपालीहरु समस्यामा परेका छन् ।कयौ नेपाली लाई खान बस्नको लागि निकै समस्या भएका छन् भने कयौ आर्थिक पैसा नभएर ठुलो दुख भोग्नु परेको छ।केही नेपालीहरु भारत बन्द हुने एक दिन अगाडि स्वदेश जानको लागि हिडे पनि बिच बाटो मै गाडी नपाएर अलपत्र पर्नु परेको थियो भने मुम्बई पुना नाशिक ब्याङलोर पंजाब दिल्ली लगायतका क्षेत्रमा अहिले पनि अधिक नेपालीहरु अलपत्र परेका समाचारहरु बाहिर आएका छन्।

पीडितहरुले आफुहरुलाई उद्दारका लागि नेपाली राजदुतावास नेपाल सरकार तथा भारतमा भएका संघ संगठनहरुलाई गुहार मागे पनि गुनासोहरु नसुनेको पीडितहरुको भनाई छ।यति हारगुहार माग्दा पनि न नेपाली दूतावासले ध्यान दिएको कुनै सम्बन्धित निकायले नै पीडितहरुको भनाई छ।दूतावास लाई फोन गर्दा कहिले फोन नै नलाग्ने कहिले फोन गर्दा फोन नै नउठने जस्ता थुप्रै गुनासाहरु अलपत्र परेका नेपालीहरुका गुनासा रहेका छन्।

Post Comment