माननीय शेरबहादुर देउवा र भिम रावल ज्यु ! हामी परदेशमा अलपत्र परियो के गरौँ ?

माननीय शेरबहादुर देउवा र भिम रावल ज्यु ! हामी परदेशमा अलपत्र परियो के गरौँ ?
विचार
प्रेम खड्का, भारत

खै कुन शब्द बाट सुरु गरौँ शब्द भेटाउन गाह्रो त भएको होइन तर पनि एक देशको प्रधानमन्त्री र उपप्रधानमन्त्री भैसकेको महान नेता भएको कारण सम्बोधन गर्न अलि गाह्रो भए जस्तो लाग्यो ! यो बिरानो ठाउबाट एक परदेशीले आफ्नो माननीय ,भएको हैसियत आज म आफ्नो मनमा लागेका केही बिचार हरु राख्दै छु !! स्वीकारनु होला!

हुनत म एक अर्काको देशमा आफ्नो जिबिकोप्राजन गरेर आफ्नो परिवार पाल्ने युवा हु ! म तपाईंको सुदुरपशिच्म कै युवा हु मलाई तपाईं चिन्नु त हुन्न तर म राम्रो सङग चिन्छु मैले एक पटक होइ ५/६ पटक तपाईंलाई र तपाईंको पार्टी लाई आफ्नो अमुल्य मत दिएको छु । माननीय ज्यु मैले तपाईं माथी धेरै आशा गरेको युवा हो ! नेपाल देशको भबिस्य पनि तपाईंको हातमै छ जस्तो ठानेको थिय तर देशले कुनै काचुली त फेर्न सकेन झन म जस्ता लाखौ युवाहरुलाइ बिदेशको चर्को घाममा आफ्नो पसिना बगाउन बाध्य बनायौ !

माननीय ज्यु आज भोलि बिश्वब्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरस covid 19 ले गर्दा तपाईं हामी लागाएत सबै त्रर्सित भएका छौ ।हाल सम्म बिश्वको २०० भन्दा बढि देशमा फैलिसकेको खबर who ले दिसकेको छ भने हाल सम्म लगभग ९ लाख को हाराहारीमा संक्रमण देखापरिसकेको छ भने मृत्यु हुनेको संख्या ४४ हजार पार गरिसकेको छ यश अर्थमा धेरै देश हरु लक डाउन पनि भएको छ र लक डाउन भारत र नेपाल पनि लक डाउन नै छ !

आफ्नो रोजगारीको लागि भारत को विभिन्न शहर मा आउनु भएका नेपाली दाजु भाइ अहिले एकदमै समस्यामा छन खान, बस्न,लगाएत अन्य समस्या हरु झेल्दै आउनु भएका छन तिनिहरु लाई के कसरी नेपाल फर्काउन सकिन्छ छिटोभन्दा छिटो पहल गरिदिनु पर्यो ! हुने खानेका छोरा छोरीलाई जहाज पठाएर नेपाल झिकाउने तर हामी जस्ता आफ्नो श्रमजीवी गरेर खाने लाई अलपत्र किन ?? के हामी त्यो देशको नागरिक होइन ?? के हामिले नेपाल आउने अधिकार छैन? के हामी चुनावको बेला मात्र तपाईंलाई र तपाईंको पार्टी लाई भोट हाल्न आउने हो??

नेपाल सरकारले हामी भारत मा रोजगारी गर्ने लाई त नेपाली नै ठान्ने रहेन छ कम्सेकम तपाईं त सुदुरपसिच्म प्रदेश नम्बर ७ को ब्यक्ति र इन्चार्ज भएको हैसियतले तपाईं लाई बिन्ती गर्दछु!

यदि तपाईलाई हामी भारत मा हुने नेपाली जनताको माया छ भने तुरुन्तै नेपाल झिकाउने बाताबरण बनाउनु होस हामी सबैलाइ नेपाल झिलाएर आफ्नो घर सम्म पुर्याउनु हुन्छ भने म लागएत धेरै भारत मा समस्या झेल्दै आयका ब्याक्ती हरुले जय जयकार गर्नेछौ र अर्को चुनाव मा तपाईं लाई नै चुन्ने छन !!

कुनै पनि समस्यामा पर्दा एक परदेशिले सम्झने भनेको आफ्नो देश आफ्नो अभिभावक ,आफ्नो परिवार ,आफ्नो देशको नेता नै हो !अहिलेको समस्या भनेको हामिलाइ मात्र होइन त्यो पनि थाहा छ तर समस्यामा परेका नागरिक लाई आफ्नो देशको सरकारले उद्दार पनि त गरेको छ तपाईं पनि हामी हरुलाइ उद्दार गरिदिनी होस बिन्ती छ ! नेपाल् झिकाइ सके पछि जति दिन क्वारेन्टाइन मा राख्नु हुन्छ राख्नुहोस हामी तयारी छु राम्रो सङग चेकजाँच गराउनु होस तेसपछी मात्र घर जान दिनुहोस तर भारतमा दिन हु दिन कोरोना भाइरस को संख्या बढ्दो छ केही कतै नेपालि लाई यो रोग सरि हाल्यो भने पनि कसैले सहयोग गर्ने वाला छैन !! नेपाली राजदुतावास लाई पनि दिन मा ४/५ पटक कल गर्दा पनि उठ्दैन अनि कसरि आशा गर्नु ??

माननीय ज्यु हामी पनि तपाईंकै देशको नागरिक हौ यो कठिन परिस्थितिमा साथदिनु होस यो तपाईंको साथ यी रुदै भोक भोकै रोड अथवा गल्ली गल्लि मा भौतारिदै हिडेका हरुले तपाईं लाइ सधै साथ सपोर्ट दिनेछन ।

Post Comment