
नोबेल कोरोना, कोभिड- १९ भाईरसले यतिखेर संसार लाई नै मरणतुल्य बनाएको छ। बिश्वकै धनाढय रुपले चिनिने ब्यक्तिहरुलाई पनि यो महामारीले बाकी राखेन।स्पेन ईटालि फ्रान्स अमेरिका चीन जस्ता शक्तिशाली राष्ट्रहरु पनि कोरेना संग मरणात्मक हिसाबले युद्ध लडिरहेका छन् । जस्तोसुकै शक्तिशाली देश हो अथवा जतिसुकै धनाढय ब्यक्ति होस तर यो महामारीको लागि शुन्य सरह भएका छन् ।
बिश्वका ठुलाठुला देशहरुमा पनि यो महामरिले गर्दा प्रत्येक दिन मृत्यु हुने ब्यक्तिहरुको लास गाड्न अथवा जलाउन हम्मेहम्मे परिरहेको देखिन्छ। यो महामारीले विश्व अर्थतन्त्र शुन्यमा झर्दै संसारभरी भोकमरी तथा महंगाईले आकाश छुने निश्चित छ।स्वदेश कुनै रोजगारी नहुदा बिदेशमा पसिना चुहाएर आफ्नो जिबिका चलाउने मजदुरहरुको लागि कोरेना भाईरस ठुलो पहाडको रुप लिएर खडा भएको छ। दिनप्रतिदिन मजदुरी गरेर साझ बिहानको छाक टार्ने गरिबहरुका लागि त झन कोरेना महाकाल बनेर आएको देखिन्छ।बिश्वका हरेक राष्ट्र कोरेना संग प्रतिस्पर्धा गर्नका लागि जोडतोडले कस्सिएका छन् तर पनि यो भाईरसले बिश्व मै आफ्नो शक्ति प्रदशन गरिरहेको छ।
ईतिहास जिउदै छ उसो त हरेक समय समयमा भएका यस्ता महामारी बाट करोडौं अरौब मानिसहरुले ज्यान गुमाउनु परेको थियो।त्यस्ता थुप्रै महामारी संग युद्ध गर्दै आखिर मानिसहरुले जित हासिल पारेका थिए ।सन १६५ देखि १८० सम्म एन्टोनाईन पलेग सन ५४१ देखि ५४२ सम्म प्लेग अफ्जस्टिनियन सन ६३५ देखि ६३५ देखि ६३७ सम्म जापानी फिबर एभक्वस सन १११४ देखि १३५१ सम्म बल्याकडेथ बुबोनिगपलेग सन १५२० मा बिफर स्मलपक्स सन १६०० सय अथवा सत्रौ शताब्दीमा भरिको पलेग सन १७०० सय अथवा अठारौ शताब्दीमा भरिको पलेग सन १८१७ देखि १९३० सम्म हैजा सन १८५५ मा तेस्रो पलेग सन १९१८ देखि१९१९ सम्म स्पेनिस फ्लू अठारौं शताब्दीको अन्त्यतिर यल्लो फिबर सन १९८९ देखि १९९० सम्म रसियन फ्लू सन १९८१ देखि हाल सम्म एचआईभी एड्स सन १९५७ देखि १९७० सम्म एसियन फ्लू हङकङ फ्लू सन २००९ देखि २०१० सम्म स्वाईन फ्लू सन २०१४ देखि २०१६ सम्म ईबोला डिसेम्बर २०१९ देखि हाल सम्म कोरेना भाईरस कोभिड।
बेला बेलामा भएका यी विश्व महामारीले दुनियाँ लाई ठुलो क्षति बेहोर्नु परेको थियो भन्ने कुरो माथिको लिस्ट बाट प्रष्ट देखिन्छ।कोरेना भाईरसबाट पनि बिश्व मै ठुलो क्षति भए पनि एक दिन मानव जातिले पक्कै यो महामारीको युद्ध जित्ने छन् ।कोरेना भाईरस बाट आफू पनि बचौ अरुलाई पनि बचाउ सरकारको नीति नियमको पालना गरौ ।