बिदेशमा अलपत्र पुर्बिचौकी बासीको तुरुन्त उद्धार गरियोस

बिदेशमा अलपत्र पुर्बिचौकी बासीको तुरुन्त उद्धार गरियोस
विचार

श्री गाउँपालिका अध्यक्ष ज्यु ।
पुर्बिचौकी गाउँपालिका डोटि ।
बिषय: बिदेशमा अलपत्र पुर्बिचौकी बासीको उद्धार गरिदिन बारे।

भारत सरकार तथा अन्य देशका सरकारले तेस्रो चरणको लकडाउन घोषणा गरे सङगै हाम्रा यस पुर्बिचौकी गाउँ पालिकाको विभिन्न ठाउँहरुबाट कामको सिलसिलामा भारत तथा अन्य देशहरुमा गएर अलपत्र परेका छ्न भन्ने बारे तपाईंले यो समाचार सार्बजनिक सञ्चार माध्यमबाट सुनेकै हनु पर्दछ । हाम्रो पुर्बिचौकी गाउपालिकामा स्थायी बसोबास भै हाल छिमेकी देश भारत,मा लगायत अन्य थुप्रै देशहरुमा रोजगार नभइ खान बस्न नपायर पेरका दाजुभाइ हरुको खबर सुन्दा सारै नै दु:ख लागेर आइरहेको छ। हाम्रो पुर्बिचौकी बासि दाजुभाइहरुले पटकपटक त्यहा रहेको नेपाली राज दूतावासलाई सम्पर्क गर्दापनी त्यहाको राजदूतावासले केही पहल नगरी दिएको हुदा पुर्बिचौकी बासी जनताहरु थप मर्कामा परेका छ्न। आफू सङ्ग भएको पैसाले खाने रासन ल्याउन जाँदापनी त्यहाको सरकारले आफू सङ्ग आधार कार्ड मागिरहेको र आफूसङ्ग त्यो पनि नभएपछि रासन पानि नपाएको समेत गुनासो गर्नु भयको छ।

धेरैजसो ठाउँमा स्थानीय प्रशासनले केहि गर्न नसक्ने बताएको र आफ्नो स्थानीय सरकार लाई उदार गर्न अपिल गर्ने जानकारी आएको हुदा यस्तो अवस्थामा सम्बन्धित वडाहरुबाट सुचना लिइ स्थानीय निकाएले सहयोग गर्ने बाहेक अरु कुनै उपाय प्रभाबकारी हुन सक्ने अवस्था नभएको कारण हाम्रो प्रवासी पुर्बिचौकी बासिहरुलाइ उदार गरिदिन हुन पुर्बिचौकी गाउपालिका अध्यक्ष लगायत सम्पुर्ण गाउँ कमिटीका सदस्यहरु तथा अन्य स्थानीय सरकारवालाहरुलाइ हार्दिक अपिल गर्न बाध्य भएको छु। यस्तो संकटको परिस्थितिमा तपाईंको त्यो नालायक मानबियतालाइ त्यागी मानबियता देखायर आबस्यक ब्यबस्था मिलाइ सम्पुर्ण पीडित पुर्बिचौकी बासिहरु दाजुभाइ दिदिबहिनी आमा बुवाहरुको उदार गरिदिन हुन विशेष अनुरोध गर्दछु।

अमर सिं बटाला
हाल मुम्बई
7718097455
करन कठायत
हाल मुबंई

Post Comment