भोटको लागि खोक्रा भाषण ठोक्ने र झुठो आश्वासन दिनेहरुले भारतमा भोकभोकै मर्नेहरुलाई देख्न सकेनन

भोटको लागि खोक्रा भाषण ठोक्ने र झुठो आश्वासन दिनेहरुले भारतमा भोकभोकै मर्नेहरुलाई देख्न सकेनन
विचार

करन साउँद, भारत

दुनियाँनै ठुलो संकट अनि विश्व महामारीको रूपमा फैलिएको कोरेना भाईरसको चपेटामा परेको छ।कोरेना रोकथामको लागि संसारका सबै देशहरुले २ देखि ३ महिनासम्म लकडाउन गरेर सबै काम कार्यहरु ठप्प पारेका छन् ।देश बन्दाबन्दि गर्दा गर्दै पनि कोरेना भाईरस नियन्त्रण हुन सकिरहेको छैन ।अमेरिका स्पेन ईटली चीन जस्ता बिश्वका स्वास्थको दृष्टिकोणले उच्च स्थान प्राप्त देशहरु यो महामारी लाई नियन्त्रण गर्न सकि रहेका छैनन्।

१ सय ३० करोड जनसंख्या रहेको छिमेकी मुलुक भारत पनि यस महामारीको चपेटामा दिनप्रतिदिन पिल्सिरहेको छ।हजारौं संख्यामा कोरेना संक्रमित प्रत्येक दिन भेटिरहेका छन् ।भारत सरकारले २३ मार्च २०२० देखि १७ मैई २०२० सम्म तेस्रो चरणको लकडाउन गरेको थियो।तर पनि कोरेना संक्रमित भने दिनप्रतिदिन बढ्दै गैरहेका छन् । आज सम्मको भारतको कोरेना तथ्यांकअनुसार ६५ हजार ब्यक्ति संक्रमित र २१०० सय जना ब्यक्तिको मृत्यु भैसकेको छ।बिदेश पलायन हुने अधिकौ नेपालीहरुमा सबैभन्दा बढी बस्ने र काम कार्य गर्ने भनेकै भारतमा हो।भारतले गरेको लकडाउन बाट लाखौ नेपालीहरु प्रभावित बनेका छन् ।

२ महिना सम्म काम बन्द हुदा महिना भरिको तलबमा खान लाउन ब्यबस्था गर्ने नेपालीहरु ठुलो संकट र दुखमा देखिन्छन् ।काम बन्द छ तलब छैन एकातिर हरेक खानेकुराको भाव बढेको छ अर्को तिर कोठा मालिकले भाडा माग्छन् अनि कसरी र कहाँ बाट मिलाउने भन्दै गुनासो पोख्ने नेपालीहरु भारतका गल्ली गल्लिमा भेटाउन सकिने अवस्था उत्पन्न भएको छ।खान बस्न समस्या भएकै कारण भारतको गुजरातमा एक जना ब्यक्तिले९ मई २०२० का दिन आत्माहत्या गरेको खबर पनि सनसनी पुर्ण रूपमा फैलिएको छ भने धनगढी निवासी एक जना ब्यक्तिले दिल्लिमा राखिएको क्वारेन्टाईन मै ७ मई २०२०का दिन ज्यान गुमाउनु परेको थियो।

अलपत्र तथा खान समस्या भएका हजारौं नेपालीहरुलाई भारतमा रहेका समाज सेवि गैरराजनीतिक संस्था तथा विभिन्न पार्टी निकट संघ संगठनहरुले सक्दो सहयोग गरि रहनु भएको छन् भने नेपाल सरकार तथा चुनावमा भोटको लागि घर घरमा विभिन्न लोभ लालच देखाउने स्टेजमा ठुलाठुला भाषण ठोक्ने झुठो आश्वासन दिने मन्त्री नेताहरुले भने कुनै प्रकारको सहयोग गरेको देखिदैन।भारतमा रहेका लाखौ नेपालीहरु हार गुहार मागी रहेका छन् दिनप्रतिदिन थुप्रै संचार मार्फत सूचना गरिरहेका रेडियो तथा न्युजहरु बाट पनि अपिल गरिरहेका तर सरकार निन्द्रामा सुतिरहेको देखिन्छ।काग कराउदै छ पिना सुक्दै छ कुकुर भुक्दै छ हात्ती लम्किदै छ भन्ने उखान यतिखेर बिदेशमा भएका नेपालीहरुका लागि प्रष्ट भएको देखिन्छ।

हामिहरु उद्वारको लागि दिनप्रतिदिन रोईकराई रहेका छौ तर उता बाट भने कुनै सुनुवाई नै छैन।हिजो नेता मन्त्री लाई त्यो स्थान सम्म पुर्याउने भनेका नै हामी थियौ तर आज त्यत्रो गुन लाउने जनतालाई दुख पर्दा किन वास्था गरिन्न ।मन्त्री ज्यु के हामी नेपालि होईनौ र ! के हामिलाई आफ्नो राष्ट्र अनि मातृभुमिको माया छैन र ! के हामीलाई आफ्नो परिवार छिमेकी गाउँघरको माया छैन र ! के हामीलाई आफ्नो छोराछोरी आमाबुबाको मुख देख्नु छैन र ! के हामिलाई बाच्ने आशा छैन र ! अनि किन सुनिदैनन हाम्रा आवाज किन देखिदैनन हाम्रा दुख पीडा कष्ट किन गरिन्न हाम्रो उद्वार ?

नेता मन्त्रीहरुले एउटा् कुरो याद गरे हुन्छ पृथ्वी गोलो छ पालो सबैको आउँछ फरक यति हो अगाडि पछाडी हुन सक्छ हामिहरु यो मृत्युको मुख बाट बाचेर आफ्नो मातृभुमिमा पाईला टेक्न मात्र पाईयोस अनि तपाईंले भोटको लागि घर घरमा आएर विभिन्न लालच देखाउने समय मात्र आओस् तपाईंहरुका खोक्रा भाषण अनि झुठा आश्वासनको जवाफ कसरी फर्काउनु पर्ने हो आज भारतमा एक छाक खाना नपाएर तड्पी रहेका र स्वदेश फर्किन नपाएर रोई कराई रहेका नेपालीहरुले सजिलोसँग जवाफ दिने छन् ।

Post Comment