भारत शत्रु हो कि मित्र ?

भारत शत्रु हो कि मित्र ?
विचार

भारतको नुन खाएको छु नुनको सोझो गर्नु मेरो कर्तब्य हो । तर आफ्नु देश र सिमाना माथी भएको अन्याय हेरेर मौन बस्नु भनेको एउटा नेपाल आमाको कलंक छोरा भएको प्रमाणित हुनु हो। म चाहन्न जुन देशले रोजी रोटी दिएको छ। उसैको बारे नराम्रो भनौं। तर म यति पनि सहेर बस्न सक्दिन। जस्ले नेपाल आमाको छाती माथि अधिकार जमावस्।

हो भारत र नेपाल भाई भाई सम्बन्ध भएको देश हो रे! रोटी र बेटी सम्मको सम्बन्ध भएको देश हो रे जात धर्म सस्कृति सबै मिल्दो जुल्दो छ रे यदि हो भने भारतले नेपाल प्रति गर्ने व्यवहार भाई भाई जस्तो लाग्छ त.? हिजो भूकम्पले मेरो देश रोइरहेको बेला ति जनता भोक भोकै परेको र घरबार बिहीन भएको बेला हजारौं ले ज्यान गुमाउनु परेको बेला त्यस्तो भयानक संकट बेला पुरानो घाउ निको हुन् नपाउँदै देशमा नाकाबन्दी गरेर के पायो..? जुन बेला नेपाल आपति र विपतिमा हुन्छ अनि भारतले चान्स मारीहाल्छ।

त्यस्तो भुकुम्वले तड्पिरहेका नेपाली हरु माथि एउटा खुशीको कुरो संविधान र बन्यो तर नेपाल माथि भारत ले लाएको नाकाबन्दी जिन्दगी भर भुल्ने छैनौ मोदी सरकार…!! मेरो देशले संविधान बनाउने र मधेश मा विवाद होस् या पहाडमा जहाँ जेसुकै होस् त्यो आन्तरिक मामिला हो । त्यसमा भारतको के टाउँको दुखाई किन आफ्नु देशको आन्तरिक मालिलामा हस्तक्षेप गर्नु। नेपाल भारत भाई भाईका सम्बन्ध रोटी बेटीको सम्बन्ध भनेर भारतीय रुपैयाँ नेपालमा स्वतन्त्र रूपले चल्ने व्यवस्था थियो जब भारतले नोट भन्दि गर्यो करोडौंको घाटा नेपाल ले भोग्नु पर्ने नोट साट्न सरकारले पहल त चालेकै हो तर एक कानले सुनेर अर्को कानले उडाइदियो मोदी सरकारले…।

फेरि यस्तो संकट महामारी covit 19 कोरोहाले तड्पी रहेको बेला त्यही मौका छोपेर नेपाली भूमि माथि डोजर चलाएर सडक बनाउने त्यो पनि नेपाल सरकार लाई थाहै नदिएर के यही हो त असल राष्ट्र भनेको के यही हो त रोटी बेटिको सम्बन्ध भनेको जब नेपाल लाई आपत् पर्छ तब भारत झन् घाउमा नुन छर्कने काम गर्छ।

लाखौं नेपालीको रगतको खोला बग्न सक्ला तर आफ्नु माटो र आफ्नु देशको लागि गोर्खाली हरु पछाडि हट्दैनन् भने ईतिहास साँच्ची छ।
भीमसेन थापा ,बलभद्र कुँवर, भक्ति थापा , जस्ता बिर सपुतको बलिदान बाट आर्जेको देश हो कसैको बाउँ ले दाइको दिएको होइन। दुनियाको सामु एउटा स्वतन्त्र देश भारत संग झुक्न कदापि जानेका छैनौ चाहे ठूलो होस् या सानु होस् आइलाग्ने माथि जाइलाग्न राम्रो संग जानेका छौं।

यस्तो संवेदन सिल विषयमा मौनतामा बसेको केपी सरकार अब यस्तै हो भने बरु जनता कोरोना सिकार बन्न तयार छन्। तर आफ्नु भूमिको लागि जनता सडकमा आउन समय लाग्ने छैन। एक मुठ्ठी माटो पनि कसैलाई दिन्नौं र लिन्नौं पनि नालायक सरकार रमिता हेरेर बसेको छ ।

भारतले नाकाबन्दीको बेला खुब उफ्रिए ओली सरकार ठूलै सपना देखाए खुब राष्टबादी नेता बन्न खोजे सोझा जनतालाई उल्लू बनाए तर देश र जनताको लागि रहेन छ। केवल नजिएको चुनावको भोटको लागि मात्र यदि राष्ट्रको लागि थ्यो भने अहिले किन बोलेनन्..? मोदीको जन्म दिनको शुभकामना सामाजिक सञ्जाल मार्फत दिन सक्ने तर कालापानी, लिपुलेक, र लिम्पियाधुरा को बारेमा किन होल्न सकेन त प्रधानमन्त्रीज्यू .?

हिजो चुबान आउँदा नेपाल बाट आफै फोन गरेर भोटको लागि नेपाल आउ भनेर नेपाल आउनको लागि टिकट र खर्चको ब्यवस्था गर्ने नेताहरु अहिले परदेशमा भोक भोकै मरिरहेका नेपाली लाई किन एउटा फोन समेत गरेनन् कुनै मीडिया पत्रपत्रिकामा समेत एउटा शब्द परदेशीको समस्या र सामाधानको लागि किन राखेन होला।

परदेशी लाइ हेर्ने दृष्टिकोण किन अरु भन्दा फरक के हामी नेपाली होईन त यिनै परदेशी हरुले मेहेनत र पसिना बगाएर ज्यान मृत्युको मुखमा राखेर काम कमाएको पैसाले ले देशको चलेको किन बुझ्दैनन् बिदेश बाट आएको रेमिटेन्सले देश चलिरहेको भन्ने कुरा आजै बिर्सिए ! तर आज तिनै परदेशी घरबार विहिनी छन् भोक भोकै छन् एक दिन काम नहुँदा के खाउ के लाउ भन्ने स्थित हुन्छ भने आज दुई दुई महिना भन्दा बढी सम्म बन्द भएर रोजगार विहिन बनेका ति नागरिक को समस्या नेपाल सरकारले किन महत्व दिएन। आज सायद नेपालमा कोई कलाकार छैन होला जसले बिदेशको कार्यक्रम गरेको छैन। सायद धेरै जना कलाकारहरुका काठमाडौं मा महल बनेका भनीकै त्यही विदेशमा गएर कार्यकम बाट कमाएको पैसा नै हो। नेपालमा कार्यक्रमहरू बाट यो सम्भव थ्यो होला त..?

तर आज तिनै परदेशीको बारे केहीले त गाए होलान् तर धेरै जस्ता कलाकार हरुले एउटा गीत समेत गाउन सकेनन नेपालमा ठूला ठूला मोहोत्सव त राखिन्छन् तर संस्कृति जोगाउन भन्दा बढी पैसा कमाउन लाई हो । त्यसैले त तिग्रा देखाउने कलाकार बोलाईन्थ्यो होला।पराई भूमिका भए पनि निस्वार्थ आफ्नु कला र संस्कृतिको लागि त्यत्रो मेहेनत गरेर स्थानिय देखि राष्ट्रिय स्तरका कलाकार हरु बोलाउने सक्ने तिनै नेपालीहरु हुन्। आज यस्तो आपतीमा नेपाल सरकारले नहेर्नु भनेको हामी परदेशी जनता माथि अन्याय हुनु हो।

परदेशमा अलपत्र रहेका ति नेपाली हरूको उद्धार गरियोस् र अब लाखौं नेपाली स्वदेश फर्किने निश्चित नै छ । स्वदेशमै रोजगारको व्यवस्था गरियोस् यो विषयमा नेपाल सरकारले निकै महत्वका साथ ध्यान जानेछ भन्ने अपेक्षा गरेका छौँ धन्यबाद!! जय मातृभूमि नेपाल।

प्रबेश कुमार संघर्ष
चौरपाटी गाउँपालीका, अछाम
हाल – भारत

Post Comment