
नेपालको सात नम्बर प्रदेश अथवा सुदुरपश्चिम स्वर्गको टुक्रा भनेर चिनिन्छ । बिकासको दृष्टिकोणले नेपालका अरु प्रदेश भन्दा यो प्रदेश निकै पछाडि परेको देखिन्छ । नेपाली राजनीतिमा सत्ता पक्षीय दल होस अथवा विपक्ष तर सुदुर पश्चिमबाट नेतृत्व गर्ने नेताहरु देखि लिएर जनतासम्म बिकास देखि बजेट सम्म किन नहोस राज्य हिजो देखि आजसम्म भेदभावपूर्ण तवर तथा सौतेनी व्यबहार गरेको देखिन्छ। आफ्नै बल बुद्धि बिबेक मेहनत संघर्ष तथा संगठन पार्टीमा पुर्याएको योगदानले नेपाली कांग्रेस सभापति शेर ब देउवा तथा राप्रपा स्वर्गीय नेता लोकेन्द्र ब. चन्द प्रधानमन्त्री जस्तो गरिमामय पदसम्म पुग्न सफल भए पनि अहिले भने कुनै सुदुर पश्चिम प्रदेशका नेताहरुले प्रधानमन्त्रीको अवसर नपाएको खुलस्त देखिन्छ।
प्राकृतिक सौन्दर्यताले भरिपूर्ण सुदुर पश्चिममा साच्चिकै चाहे जस्तो र सोचे जस्तो बिकास भएको खण्डमा सुनमा सुगन्ध थपे झै तथा स्वर्ग भन्दा कम हुने थिएन होला।हिमाल पहाड र तराई लगाएर जम्मा ९ वटा जिल्ला मिलाएर बनाएको ७ नम्बर प्रदेशमा रोजगारीका कुनै अवसर नहुदा यहाँका जनताहरु प्रायः छिमेकी मुलुक भारतमा गएर जिविका चलाउने गर्छन् ।सुदुर पश्चिममा यदि कुनै उधोग कलकारखाना लगायत स्वदेश मै रोजगारीका अवसर प्राप्त भएका भए सुदुर पश्चिमेलिहरु लगायत नेपाली जनताले आज भारतमा जाने दिन आउदैन थियो होला।खुल्ला नाका र नजिकैको छिमेकीको राष्ट्र तथा बेरोजगारीको कारण नै आज सुदुर पश्चिमेलिहरु लाखौको जनसंख्याको रूपमा भारतमा कर्म गर्ने गर्छन् ।
यतिबेला भने नेपाली तथा सुदुर पश्चिमेलि जनताहरु कोरेना कोभिड १९ कारण काम बन्द भएर भारतका ठाँउ ठाँउमा अलपत्र परेका देखिन्छन् ।विशेष गरि होटेल कम्पनी लगायत ड्राईभर पेशामा संलग्न सुदुर पश्चिमेलिहरु ठुलो दुख कष्ट संकट अनि समस्यामा पिरोल्लिरहेका छन् ।भारत सरकारले कोरेना नियन्त्रणको लागि २३ मार्च २०२० देखि १७ मई हुँदै ३१ मई २०२० सम्म चौथो चरणको गरेको लकडाउन बाट नेपालीहरु ठुलो समस्यामा देखिएका हुन।खानाको लागि प्रवासमा भएका विभिन्न संघ संगठन लगायत समाज सेविहरु द्वारा राहात सहयोग उपलब्ध गराए पनि स्वदेश फर्किनको लागि तयारी अवस्थामा रहेका लाखौ सुदुर पश्चिमेलि लगायत नेपाली नागरिकहरुका लागि भने नेपाली राजदुतावास तथा नेपाल सरकारले अहिलेसम्म कुनै पहल गरेको देखिदैन। विशेष गरि भारतमा अधिक भन्दा बढी जनसंख्यामा सुदुर पश्चिमेलिहरु नै रहेका अनुमान गरिन्छ।
पीडित तथा अलपत्र नागरिकहरुले स्वदेश फर्किन तथा राहतको लागि सयौ पटक नेपाली दूतावास र नेपाल सरकार संग अपिल गरेपनि आफुहरुलाई कुनै ब्यबस्था नगरेको भन्दै नेपाल सरकारको जताततै बिरोध तथा आलोचना गरेको देखिन्छ। हिजो देखि आजसम्म सुदुर पश्चिमेलि जनता र प्रदेश लाई फरक र सौतेनी व्यबहार गर्दै आईरहेको र आज पनि ठुलो दुख कष्ट तथा समस्या आउदा सरकारलाई जति हार गुहार मागेपनी कान नसुन्ने बहिरो र आँखा नदेख्ने अन्धो जस्तै गरेर बसेको पीडितहरुको भनाई रहेको छ। प्रदेश तथा सुदुरपश्चिमेलि जनता माथिको भेदभावपूर्ण व्यबहारको अन्त गर्दै सम्पुर्ण नागरिक तथा प्रदेशहरुलाई समान व्यबहार गरियोस साथै कोरेनाको कारण भारतमा अलपत्र फसेका नेपाली नागरिकहरुलाई छिटो भन्दा छिटो उद्वार गरियोस । यहि नै सरकारको अहिलेको प्रमुख दायित्व तथा कर्तव्य हो । धन्यवाद ।