
जेष्ठ २६ गते न्याय हेल्थ नेपाल द्वारा संचालित अछामको बयालपाटा अस्पतालमा कार्यरत साँफे नगरपालिका वडा नम्बर भाग्यश्वर निवासी २७ बर्षिय सिदार्थ आउजिले सोमबार बिहाना अस्पताल प्राङ्गणमा परिसर भित्रै आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाई घाईते भएका थिए।
सिदार्थ आउजी उक्त अस्पतालमा करिब डेढ बर्ष देखि सरसफाईको काम गर्दै आएका थिए।सिदार्थ लगायत अन्य ३३ जना कर्मचारी लाई अस्पताल प्रशासनले काम बाट हटाउने निर्णय भित्रि रूपमा तय गरिएको थियो।अर्थतन्त्रको हिसाबले यतिबेला पुरै बिश्व नै कोरेना कोभिडका कारण ठुलो संकटमा परेको छ।हरेक नागरिक लाई दिनहु उपयोगमा ल्याईने कुराहरुको ठुलो चिन्ता बनेको देखिन्छ।यस्तो महा बिपत्तिको समयमा रोजिरोटी चलिरहेको काम बाट हात धुनु पर्दा कसलाई पिर मर्का अनि दुख लाग्दैन । यस्तै विभिन्न कारणले नै मानसिक सन्तुलन गुमाउदै जिउदै शरीरमा आगो लगाएर सिदार्थ आउजी मर्न बाध्य भएका देखिन्छन्। संकटको घडीमा अस्पताल प्रशासनले यस्तो निर्णय लिनु आपत्तिजनक देखिन्छ।
अस्पतालबाट अवकाश पाउने कर्मचारीहरुले यस्तो बिपत्तिको बेला आफुहरुलाई नहटाउन पटक पटक अस्पताल प्रशासन तथा सम्बन्धित ब्यक्तिहरु संग आग्रह गरे पनि उक्त कुरा बारे प्रशासनले कुनै चासो नदिएको प्रष्ट देखिन्छ।उक्त अस्पतालका सम्बन्धित ब्यक्तिहरुले सरोकारवाला संग छलफल नगरी मापदण्ड नबनाई कसैलाई अवकाश नदिने भनिए पनि तर पुनः त्यो प्रक्रिया अगाडि बढाईन थालेको सुनिएको दुई हप्ता अगाडि नै काम बाट हटाईन लागेका कर्मचारीहरुले अस्पताल प्रशासन तथा जिम्मेवार ब्यक्तिहरुलाई यो प्रक्रिया बारे अरु कुनै समाधान खोज्न आग्रह समेत गरेका थिए।
जिल्ला समन्वय समिती प्रमुख साफे नपा प्रमुख, प्रमुख जिल्ला अधिकारी तथा राजनीति दल प्रतिनिधिहरुले अस्पतालमा सम्बन्धित जिम्मेवार ब्यक्तिहरु संग छलफल गर्दै कर्मचारीहरुलाई यो अवस्थामा अवकाश नदिन र समस्याको समाधानको लागि आफुहरु सबैले पहल समेत गरिदिने भन्ने कुरो बाहिर आए पनि अस्पताल प्रशासनले आफ्नो मनमानी ढंगले यो प्रक्रिया अगाडि बढाई रहेको देखिन्छ।एकातिर कोरेनाको कहर अर्को तिर रोजगारीबाट हात धुनुपर्ने बाध्यता यस्ता थुप्रै प्रकारका समस्याहरुले नै सिदार्थ आउजिलाई आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाउन बाध्य बनाईएको देखिन्छ ।
कर्मचारी अवकाश दिने प्रक्रिया अगाडि नबढाउने निर्देशन दिदा दिदै आफ्नो मनमानी ढंगले ३३ जना कर्मचारी हटाउने अस्पताल प्रशासनको आपत्तिजनक निर्णय प्रती आम अछाम वासी जनताले खबरदारी गर्नैपर्छ । यदि अस्पताल प्रशासनले यो घटना लाई गम्भीरताका साथ नलिने हो भने एउटा सिदार्थले मात्र होईन सयौ सिदार्थ यस्ता घटनाका पात्र हुनेछन् । मृतक सिदार्थ आउजिका ६ बर्षका छोरा र १० महिनाकी छोरी छन् । उक्त घटनाको निष्पक्ष रूपमा छानबिन गरिएर दोषीलाई कडाभन्दा कडा कारबाही अस्पताल प्रशासन भित्रको आफ्न्तबाद नाताबाद र चाकरिबादलाई निर्मुल पार्दै मृतक सिदार्थ आउजिको उचित क्षतिपूर्ति राहत तथा श्रीमती गौरी आउजिलाई रोजगारीको ग्यारेन्टी गरियोस ।
सिदार्थ आउजिलाई यो अवस्थामा पुर्याएर जिउदै शरीरमा आगो लगाएर मर्न बाध्य बनाउने अस्पताल प्रशासन तथा सम्बन्धित ब्यक्तिहरुको यो घटना बारे गम्भीर रूपमा ध्यानाकर्षण होस।मृतक सिदार्थ आउजी प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्त परिवारजनमा ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरोस।