
जनतालाई दिईएका बाचा कसम अनि भाषण यस्तो हुनुपर्छ जो व्यबहारमा सत्य साबित होस।हुन त नेपाली राजनीतिमा आफू लाई सत्ता प्राप्ती र भोटको लागि मात्र जनता लाई दिईने भाषण तथा बाचा कसमहरु खोक्रा र झुठा साबित नभएको कुनै ईतिहास नै छैन।भारतले ४ बर्ष अगाडि लगाएको नेपाल माथिको अघोषित नाका बन्दिमा नझुकेर नेपाली राष्ट्रबादको नेतामा स्थान पाएका प्रधानमन्त्री केपि शर्मा ओलि तथा नेकपा सरकार लाई नेपाली जनताले ठुलो बिश्वास नगरेको पक्कै होईन ।
२०७४ सालमा भएका सबै तहका निर्वाचनमा नेकपा लाई ठुलो बिश्वास गरेर दुई तिहाई बहुमत प्राप्त गराउने पनि नेपाली जनता नै हुन।दुई तिहाईको नेकपा सरकार बाट लथालिङ्ग भएको नेपाली राजनीति र समृद्ध नेपालको लागि नेपाली जनताले आशा नबोकेका पनि होईनन। निर्वाचनमा केवल सत्ता र स्वार्थ कै लागि मात्र खोक्रो भाषण गरिने यथार्थ कुरो नेकपा सरकारको ३ बर्षे कार्यकाल बाट प्रष्ट देखिन्छ ।नेकपाको सुखी नेपाली समृद्ध नेपाल भन्ने नारा केवल भनाई मै सिमित रहेको हामी सबैको अगाडि छर्लङ्ग नै छ। नेकपा सरकारले घोषणा गरेका कयौ नाराहरु कार्यनयन नहुन सक्दा नेपाली जनताले सरकार बाट गरेको झिनोमसिनो आशा भने दिनप्रतिदिन कम हुँदै गएको देखिन्छ।
सन २०१९ डिसेम्बर महिनामा चिनको हुवान शहर बाट विश्व महामारीको रूपमा फैलिएको कोरेना कोभिड १९ ले बिश्वलाई नै ठुलो मानवीय क्षतिका साथै अर्थतन्त्रमा निकै असर परेको छ।स्वास्थ क्षेत्रमा निकै प्रगति गर्न सफल राष्ट्रहरुले पनि कोरेना लाई नियन्त्रण गर्न सकिरहेका छैनन् । जनवरी फेब्रुअरी २०२० मा भारततिर कोरेना संक्रमितको संख्या बढ्न लागे लगत्तै भारत सरकारले मार्च २३ बाट पुरै देश लकडाउन गरेको थियो।भारत बंदका कारण भारतमा रोजगारी गुमाएर नेपाल फर्किने लाखौ नेपालीहरु अलपत्र अवस्थामा परेका थिए।यसरी भारत बाट स्वदेश फर्किने संख्याको आधा भन्दा बढी जनसंख्या सुदुर पश्चिमको थियो।
नेपाल भारत दुबै देश लकडाउन भएपछि रोजगारी गुमाएर स्वदेश फर्किने नेपालीहरु भारतका विभिन्न राज्य ठुलो समस्यामा पर्नु पर्यो।प्रवासमा भएका थुप्रै संघ संगठन समाज सेवि तथा सामाजिक संघ संस्थाहरुले पिडित अलपत्र नेपालीहरुलाई सहयोग गरेका थिए। १७ मई २०२० बाट भारत सरकारले स्वदेश फर्किन चाहने नागरिकहरुको लागि लकडाउन खुकुलो बनाए लगत्तै स्वदेश फर्किने नेपालीहरुको घुईचो नै लाग्यो।भारतका थुप्रै राज्य बाट नेपाल फर्किने नागरिकहरुको लाईन नै लाग्न थाल्यो।यसरी भारत बाट जादा सुरक्षीत भए पनि सिमित मात्रामा मात्र नाका खुलाउने र अरु समय बन्द राख्ने भएका कारण नै सिमानामा स्वदेश फर्किन लागेका नेपालीहरु असुरक्षित भएका पनि देखिए।
धेरै लामो बन्दका कारण चर्को भाडा अनि विभिन्न समस्याहरु झेल्दै स्वदेश प्रस्थान हुन लागेका नेपाली हरुले सिमाना देखि स्वदेशको क्वारेन्टाईन सम्म थुप्रै दुख कष्ट खेप्नु परेका समाचारहरु पनि जताततै सुन्न र देख्न पाईन्छ।उचित क्वारेन्टाईनको ब्यबस्था न हुनु RDT चेकजाँच गर्दा पोजेटिभ देखाएर PCR चेक जाँच गर्दा नेगेटिभ रिपोर्ट आउनु क्वारेन्टाईन स्थल भित्रै सुरक्षाको लागि राखिएका स्वयंसेवक बाट महिला बल्कृत हुनु क्वारेन्टाईन परिसर मै आत्मा हत्या गर्नु RDT नेगेटिभ देखाएर घर पठाई सकेपछि PCR रिपोर्ट पोजेटिभ देखिनु लगायत सबै रिपोर्ट नेगेटिभ आएर घर पठाईएको एक दुई दिन मै मृत्यु हुनु जस्ता थुप्रै समस्याले नेपाली जनताहरु निकै चिन्तित छन् भने यदि सरकारले यो बिषयमा गम्भीरता पुर्वक नसोच्ने हो भने नेपालमा पनि कोरेनाले ठुलो भयावह ननिम्त्याउला भन्न सकिँदैन।
तसर्थ नेपाल सरकारको कोरेना नियन्त्रण तिर बेलैमा ध्यानाकर्षण हुनु अति जरुरी छ।भारतमा काम गर्ने नेपाली नागरिकहरु मध्य सबैभन्दा बढी सुदुर पश्चिममा फर्केका देखिन्छन् ।सिमा नाका देखि सवारि साधनको ब्यबस्था गरिएर क्वारेन्टाईन सम्म RDT चेकजाँच गरिएता पनि PCR को लागि भने निकै ठूलो समस्या देखिएको देखिन्छ। PCR चेकजाँच नभएर केवल rdt को मात्र नेगेटिभ रिपोर्ट पाएर घर गएका नागरिकहरु ठुलो दुबिधामा परेका छन् । सुदुरपश्चिम प्रदेश सरकारले ३ वटा पिसिआर मसिन राख्ने कुरो गरे पनि अहिलेसम्म कुनै पहल चालिएको देखिदैन।सुदुर पश्चिमका धेरै जिल्लामा कोरेना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको देखिन्छ ।एउटा मात्र पिसिआर मसिन भएको कारण स्कदेश फर्किएर क्वारेन्टाईनमा बसेका नागरिकहरुको ठुलो समस्या लाई मध्य नजर गर्दै सुदुर पश्चिमका देश तथा बिदेशमा भएका समाज सेवि बौद्धिक ब्याक्तित्व राजनीतिज्ञ ब्यापारीहरुले चन्दा संकलन गरेर एउटा पिसिआर मसिन किनेर डडेल्धुरा जिल्लामा राखिएको छ भने यता ३ मसिनको आश्वासन दिने सरकार भने मौन देखिएको छ।निर्वाचनमा भोटको लागि घोषणा पत्र जाहेर गर्दै जनता लाई ठुलो आशा दिलाउने नेता मन्त्रीको नारा केवल कागज मै सिमित रहेको प्रष्ट बुझिन्छ।प्रधानमन्त्री केपि शर्मा वलिले निर्वाचन हुँदै गर्दा रेल तेल पानी जहाज र स्वरोजगार लगायतका ठुला ठुला नाराहरु उदघोष गरे पनि सबै झुठा र केवल नारा मै सिमित रहेका देखिन्छन् ।
तसर्थ प्रधानमन्त्री ज्यु अहिलेको ठुलो संकट भनेकै कोरेना हो यसबाट जनतालाई कसरी बचाउने जुत्ती लगाउनुहोस देश बिस्तारै बनाउदै गरौला बिकास अलिअलि गरेर गर्दै गरौला जब जनता नै रहदैनन भने बिकास गरेर कुनै मतलब नै हुदैन ।