जनतालाई बाढी, पहिरो र डुबानले सास्ती सरकार गुट र उपगुटमै ब्यस्त

जनतालाई बाढी, पहिरो र डुबानले सास्ती सरकार गुट र उपगुटमै ब्यस्त
विचार

करन साउँद । सत्ताशीन ने.क.पा. यतिखेर निकै अन्योलमा छ। केही समय अगाडि देखि सत्ता लुछाचुडिको चपेटामा फसेको देखिन्छ ।जनताको दुई तिहाई बहुमत पाएर बनेको नेकपा सरकार पाच बर्षिय कार्यकाल नपुग्दै गुटबन्दीमा बल्झिएको छ। प्रधानमन्त्री केपि शर्मा ओलिले आफ्नो समूह लाई मात्र सन्तुष्ट बनाएको मुद्वाहोस अथवा मनोमानी ढंगले सत्ता चलाएको बिषय होस प्रचण्ड पक्ष समूह माधव नेपाल पक्ष समूह बामदेव गौतम समूह लगायत अन्य वरिष्ठ नेताहरु पनि असन्तुष्टि जनाउदै प्रधानमन्त्री ओलिको राजिनामा समेतको माग गरिरहेका देखिन्छन् । प्रधानमन्त्रीको विपक्षमा बोल्ने नेकपा नेता भिम रावल पनि पर्नु हुन्छ।रावलले पनि प्रधानमन्त्री ओलिले समावेश गरेका थुप्रै योजनाहरु बारे समय समयमा प्रधानमन्त्री ओलिलाई खबरदारी गर्दै आउनु भएको छ।प्रचण्डले यदि प्रधानमन्त्री ओलि समुहले कुनै पनि काम कार्यहरु एकलौटी रुपले गरेमा मनोमानी ढंगले सरकार चलाएमा अथवा कुनै पनि निर्माण आफ्नै हिसाबले गरेमा जतिबेला पनि आफू सरकार बाट बाहिर हुँदै पार्टी बिभाजन समेतको चेतावनी दिदै आएका छन् । आन्तरिक रूपमा पार्टी भित्र गुट उपगुट हुनु स्वाभाविक हो तर स्थायी रूपमा स्थापित होस भन्दै जनताको ठुलो जनमत प्राप्त गर्दै बहुमतले पारित गरेर गठन गरेर बनाएको सरकार लाई पुर्ण कार्यकाल सम्म टिक्न नदिनु ठुलो बिडम्बना हो।हुन त नेपाली राजनीतिमा यो प्रथा निकै जरा गाडेर बसेको देखिन्छ ।सरकारले जनता बिरोधी तय गरेका योजनाहरु होस अथवा राष्ट्रघाती योजनाहरु नै किन नहोस् जबर्जस्ती रुपले लागू गर्न खोज्छ भने बिरोध आलोचना सल्लाह सुझाव र खबरदारी गर्नु हामी सबैको उत्तिकै दायित्व हो तर पार्टी भित्रका वरिष्ठ नेता तथा मन्त्रीहरुले सरकार ढाल्ने निर्णय गर्नु भनेको केवल सत्ता र कुर्सिको लागि खेलिने खेल मात्र हो भन्ने बुझिन्छ।उटपटयाङ भाषा उखान टुक्का अनि ठट्टा गर्ने बानि भएका कारण नै प्रधानमन्त्री ओलि कहिलेकाही आफै विवादमा तानिनु हुन्छ।देशको गरिमामय पद प्रधानमन्त्री जस्तो मर्यादित ठाँउमा बसेर ओलिले आफुले के बोल्दा सहि र के बोल्दा गलत भन्ने कुराको निर्णय आफैले लिन नसक्नु ओलिको कमजोरी हो।बिरोध र आलोचनाको कुरा गर्ने हो भने दुई तिहाईको सरकार बाट जनताले पनि राहतको सास फेरेको देखिदैन।भ्रष्टाचार अन्याय अत्याचार लुटपाट महंगि बलात्कार जस्ता जनघन्य अपराधको आकाडाले निकै ठुलो स्थान ओगट्न सफल भएको देखिन्छ ।स्थानीय सरकार देखि प्रदेश केन्द्र सम्मका नेताहरु भ्रष्टाचार मै लिप्त छन् ।उनिहरुका लागि कुनै नियम कानुन छैन तर सानातिना भ्रष्टाचारि र अपराधी लाई भने सरकारले निकै कानुनको कठघरामा उभ्याएका छन् ।प्रधानमन्त्री केपि शर्मा ओलिले घोषणा गर्नु भएका योजनाकोहरु कागज मै मात्र सिमित भएका देखिन्छन् ।नेपाली जनतालाई दिएका बाचा अनि बचनहरु दिनप्रतिदिन झुठो साबित हुँदै छन् ।नेपाली जनताको ठुलो आशा अनि भरोसा बोकेको नेकपाको दुई तिहाई सरकार समर्थन भन्दा पनि आलोचना र बिरोध मै समेटिने देखिन्छ ।विभिन्न प्राकृतिक आपदा तथा बिपदले जताततै जनता ठुलो संकटमा छन् तर सरकार भने गुट उपगुट लुछाचुडी र तानातान मै बल्झिएको छ।केही दिन अगाडि भएको बर्षा तथा बाढी पहिरोले सयौ नागरिकको ज्यान गएको छ हजारौं बिस्थापित भएका छन् कयौ बेपत्ता भएका छन् ।कैलाली लगायत तराईका अधिक जिल्लाहरु डुबानको ठुलो संकटमा छन् ।कैलालीको धनगढी अत्तरिया जोशिपुर टिकापुर लगायत थुप्रै ठाँउ बाट हजारौंको संख्यामा जनताहरु डुबानको चपेटामा छन् ।कैलाली बाट बेपत्ता पारिएका 3 जना मध्य एक जनाको लास मिलेको छ भने अझै दुई जना भेटिएका छैनन् ।कृषकहरुले लगाएका अन्नबालिहरु नष्ट भएका छन् बिकासका पुर्वाधारहरु छेदबिच्छेद भएका छन् ।अछाम कालिकोट रुकुम दैलेख बझाङ बाजुरा लगायतका जिल्लाहरुमा पनि बाढी पहिरोले मानवीय क्षति लगायत खेतिपातिलाई निकै ठुलो क्षति पुर्याएको छ। रुकुम र बझाङको पहिरोमा पनि थुप्रै ब्यक्तिहरुले ज्यान गुमाएका थिए। कैलालीका विभिन्न ठाँउमा कयौ जनता घरवारविहीन भएका छन् तर सरकार भने सताको खिचातानी मै देखिन्छ । स्थानीय प्रदेश तथा केन्द्र सरकारले यस्ता समस्याहरुको लागि पुर्वतयारी अपनाउन नसक्नु तथा हरेक बर्ष बर्षायाममा उत्पन्न हुने यस्ता समस्याहरुलाई गहन रूपमा नलिएर समस्या समाधानको लागि कुनै पहल नचालिनु सरकारको ठुलो कमजोरी हो।बेपत्ताहरुको खोजिकार्य विस्थापित तथा घरवारविहीनहरुको ब्यबस्थापन तथा बाढी पहिरोमा ज्यान गुमाउनेका परिवारहरु उचित क्षतिपूर्तिको ब्यबस्था मिलाउदै आगामी दिनमा आउन सक्ने यस्ता समस्या र घटनाहरु न्यूनीकरणको लागि तीन ओटै सरकारले छिटो कदम चालोस।

Post Comment