ठुलो संकटबाट बचेर मनाएको पर्वको खुशी नै बेग्लै

ठुलो संकटबाट बचेर मनाएको पर्वको खुशी नै बेग्लै
विचार
लेखक: करन साउद

सन 2019 डिसेम्बर महिना बाट बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरेना कोभिडले संसारका हरेक ब्यक्तिहरु लाई ज्याउन जोगाउन हम्मेहम्मे भएको छ।कोरेना फैलिएको धेरै समय बितिसके पनि अझै बिश्वका स्वास्थ क्षेत्रमा निकै चर्चित राष्ट्रहरुले पनि यसको औसधि तथा भ्याक्सिन तयार पार्न सकेका छैनन् । कोरेना कोभिड बाट हाम्रो देश नेपाल पनि अछुतो रहेको छैन। हजारौं संख्यामा नेपाली दाजुभाई दिदिबहिनीहरु संक्रमित भएका छन सयौको ज्यान नै गैसकेको छ भने संक्रमित संख्या अझै दिनप्रतिदिन बढ्दै छ। संक्रमितहरुको स्वास्थ लाभको कामना तथा ज्यान गुमाउनेहरु प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहे! स्वदेशमा रोजगारीको ब्यबस्था हुन नसक्दा लाखौ नेपालीहरु बिश्वका हरेक राष्ट्रमा बसोबास गर्दै रोजगारी गरिरहेका छन् विशेष गरि भन्ने हो भने खुल्ला नाका छिमेकी मित्र राष्ट्रको कारण भारतमा रोजगारी गर्ने नेपालीहरुको संख्या अधिक छ।भाषा अलग भए पनि नेपाली र भारतीय संस्कृति परम्परा चाडपर्व लगायत धेरै कुरोहरु मेल खान्छ।भारतमा बस्ने तथा रोजगारी गर्ने नेपालीहरु पनि हरेक समयमा आउने चाडपर्वहरुलाई निकै धुमधाम संग मनाउँछन ।

मित्र राष्ट्र भारतमा पनि कोरेना संक्रमण निकै बढेपछि लाखौ नेपालीहरु स्वदेश फर्केका छन् भने अझै लाखौ नेपालीहरु भारत मै छन् । बर्षमा एक पटक आउने चाडपर्वहरु मध्य हिन्दु नेपाली नारिहरुको हरितालिका तिज पनि एक ठुलो पर्व हो।प्रायः नेपाली महिलाहरुले यश पर्वमा पोईली घर बाट माईती घरमा दर खान गएर आफ्ना सुख दुखका बेदनाहरु पोख्दै नाच्दै गाउँदै रमाईलो गरि बनाउने प्रचलन छ। पहिलेको भन्दा आज भोलि हरितालिका तिजको निकै महत्त्व बढेको छ।यश पर्वमा महिलाहरुले व्रत बस्ने प्रचलन पनि रहिआएको छ।कलाकार तथा गायक गायिकाहरुले पनि तिजको शुभ अवसरमा तिज सम्बन्धिका आफ्ना एल्बमहरु बजारमा ल्याएर गित बाटै भए पनि दुख वेदनाहरु पोख्ने गरेका छन् ।

अझै भन्ने हो भने कलाकारहरुलाई स्वदेश तथा बिदेशमा तिजको अवसर पारेर आयोजना गरिने सांस्कृतिक कार्यक्रममा पनि स्थान दिएर गायक गायिकाहरुले पारिश्रमिक पनि पाउने गर्थे ।बिदेशमा बर्षभरी काम गरेर थकित भएको ज्यान लाई एक दिनको महान पर्व तथा सांस्कृतिक कार्यक्रम बाट नेपाली दिदिबहिनी तथा दाजुभाईहरुले थकान मेटाउने काम गर्ने गर्थे तर यो बर्ष भने बिश्व महामारीको रूपमा फैलिएको कोरेना कोभिड कै कारण सबै चाडपर्व तथा तिहारहरु कुनै खुशी नदिएर जाने भएका छन् । सार्वजनिक रूपमा धेरै ठुला ठुला कुनै कार्यक्रमहरु नभए पनि आ आफ्नो घरभित्रै नाचगान गरेर भने महिला दिदिबहिनीहरुले यो बर्षको तिज मनाउन सक्ने छन् । बिश्व महामारी कोरेना कोभिड बाट बचेर यसरी चाडपर्वमा खुसियाली मनाउन पाउनु नै धेरै ठुलो सौभाग्यको कुरो हो।

अतः मृत्युको मुख बाट आफुलाई जोगाएर मनाउन पाईएको पर्वहरुको खुसियाली नै हरेक बर्षका चाडपर्वहरुको भन्दा फरक देखिन्छ।आशा गरौ आउने नयाँ बर्षमा हरेक बर्ष झै खुसियाली र उमंगका मनाईने चाडपर्वहरु धुमधामले मनाउन पाईयोस ।कोरेना कोभिड लाई मध्य नजर गर्दै यो बर्षको तिज तथा हरेक चाडपर्वहरु आफ्नै घर भित्र मनाऔ कोरेना बाट आफू पनि बचौ र अरुलाई पनि बचाऔ ।

Post Comment