जब धर्म सकीन्छ तब मानिसको अस्तित्व पनी सकिन्छ: साध्वी पद्माश्री किङ्करी

जब धर्म सकीन्छ तब मानिसको अस्तित्व पनी सकिन्छ: साध्वी पद्माश्री किङ्करी
विचार

-साध्वी पद्माश्री किङ्करी

संसारका हरेक प्राणी ,जिव धरा (धर्ति)टेकेर हिड्छ्न तर मनुष्य यस्तो प्राणी हो जो धर्ममा टेकेर हिड्छ । त्यसैले धर्म समाप्त भए मनुष्य पनि समाप्त हुन्छ । शास्त्रमा भनिएको छ ‘धर्मो एवो हतो हन्ति, धर्मो रक्षति रक्षित: ‘अर्थात यदि तिमीले धर्मको त्याग गरौ भने धर्मले पनि तिमीलाइ त्यागीदिनेछ र धर्मको रक्षा गरे त्यो धर्मले पनि तिम्रो रक्षा गर्नेछ । धर्मले नत जात हेर्छ ,नत वर्ण ,नत रुप नै ।पाण्डब र कौरब पनि एकै कुलका थिए तर जित धर्म कै भयो । अनि जुन दिन हामिलाई धर्म ले त्यागी दियो तिम्रो केवल शरीर रुपि कफन मात्र बाकि रहन्छ जिवन समाप्त हुन्छ ।

हाम्रो चिनारी नै धर्मसंग जोडिएको छ । मनुष्यको पहिचान नै धर्मसंग सम्बन्धित छ । धर्ममा चाहे त्यो हिन्दु होस यात मुस्लिम , इसाई , सिख ,जैन ,पारसी, यहुदि, शिन्तो ,कन्फ्युसिय इत्यादि । जुनैसुकै धर्मावलम्बी किन नहुन ति सबै सनातनि नै हुन,वैष्णब नै हुन ….. वैष्णब भन्दा यहाँ फेरि प्रलय आउन सक्छ किनकी हाम्रो मानसिकतामा वैष्णब भन्ने बित्तिकै निधारमा लामो चन्दन टिका लगाउने, अरुले छोएको नखाने,आफुलाइ मात्र शुद्द ठान्ने यस्तै अनेकौ प्रकारको विवाद उठ्न थाल्छ मनमा …..

तर बास्तबमा वैष्णबको हो त ? यसको गहिराइमा हामी पुग्न अल्छि मान्दछौ । सतहि कुरामै प्रतिक्रिया जनाउछौ, सत्यता जान्न चाहदैनौ । जो दिमागले ठान्छ त्यसैलाई सत्य ठान्छौ जुन आदत जो परेको छ हामिलाई । वास्तवमा जुनसुकै धर्मका अनुयायी हुन , जुनसुकै सम्प्रदायका भक्त हुन तर आखिरमा हुन वैष्णब नै …..
आखिर कसरी ?

जसरी हामी आफ्नो नामको पछाडि आफ्नो पिताको थर राख्छौ , होला कहि कतै माता जी को थर पनि लेख्छौ र सुनेको कुरा हो विदेश तिर त अझ कर्मको आधारमा पनि थर लेखिन्छ जसरी होस आफ्नो आफ्नो संस्कार संस्कृति अनुसार राखिन्छ । जसरी आफ्नो नामको पछाडि थर हाम्रो पहिचान हो सोही प्रकार वैष्णवता पनि हाम्रो पहिचान हो ।

भगवानले हामीलाई तिमीहरु सनातनी हौ है , मेरा सन्तान हौ है यो कुरालाइ नभुले है भनि शंख , चक्र अंकित चिनारी सहित हामीलाई यस धराधाममा पठाउनु भएको छ । नपत्याए हेर्नुहोस त आफ्नो आफ्नो हातको औलामा शंख , चक्रको प्रतिक पाउनु हुनेछ त्यसैले त हामी भगवान बिष्णु का प्रतिक हौ , हामि बैष्णव हौ त्यसपछि बल्ल अन्य धर्मालम्बि हौ ।

के अब मुस्लिमले म बैष्णव हैन भनि शंख चक्र अंकित औलालाई काटेर फ्याकिदिने ? के अब इसाइले पनि म वैष्णव हैन भनेर औला है मिल्काइदिने ? पक्कै पनि यसो गर्न त नसकिएला हैन र ? त्यतिमात्र कहाँ होर हाम्रो शारीरिक बनावट नै ॐ मय छ त्यसैले हामी अनादी कालदेखि सनातनी हौ,वैष्णब हौ । हामी त्रीदेवलाई मान्छौ ब्रम्हा , बिष्णु , महेश जो तत्व एक र नाममा अनेक हुनुहुन्छ । जसरी पानी एक हो तर व्यक्ति अनुसार , स्थान अनुसार नाम अलग अलग छ पानी , जल , वाटर इत्यादी । अनि काम त्यही हो जसले प्यास मेट्छ । त्यही पानी हो जुन दैनिक जिवनमा उपभोग हुन्छ र त्यही नै पानी हो जसले बाढी बनेर पनि बगाउछ ।

अब यहाँ अर्को प्रश्न उठन सक्छ जो आफुलाई वैष्णब भन्छ्न , शैवि भन्छ्न , किराती या बौद्दिष्ट भन्छ्न उनिहरु को हुन त ? उनिहरु शरणागत हुन जसले परमात्माको बारेमा जान्न खोज्दैछ्न , परमात्मा सङ नजिक हुन खोज्दै छ्न । जुन वैदिक सनातन धर्म छ यो यि सबको जरा हो अनि काण्ड यानकि मुल डाठ हिन्दु होर अन्य धर्म हागा …..
मेरु तंत्र भन्ने एउटा ग्रन्थ मा भनिएको छ ” हिनं च दूष्यत्येव हिन्दुरित्युच्चते प्रिये ” जसले अज्ञानता र हिनता लाइ त्याग गर्दछ त्यो नै हिन्दु हो ।

हिमालयं समारभ्य यावत् इंदु सरेावरम् । तं देवनिर्मितं देशं हिंदुस्थानं प्रचक्षते ।

हिमाल पर्वतदेखि सुरु भएको इन्दु सागर जसलाइ हिन्द महासागर पनि भनिन्छ जो देवनिर्मित देश हो जतिबेला हिन्दु धर्म देखि बाहेक अन्य कुनै पनि धर्म थिएन । हिन्दु धर्म सृष्टिको उषाकाल देखिनै चल्दै आएको हो जो १ अर्ब ९५ करोड ५८ लाख ८५ हजार १ सय २० बर्ष भन्दा पुरानो छ भने इस्लाम २०२० र मुस्लिम १४५५ बर्ष पुरानो मात्र हो । हिन्दु हि बाट सुरु भइ इन्दु मा गएर अन्त्य भएकोछ । हि अर्थात हिमालय जुन हिमालय केवल हिन्दुको मात्र नभएर बिश्वको शिर हो ।

विश्वको कुनै पनि देशमा ३६५ दिनमा ३६५ दिन नै शुर्य देवको किरण पर्दैन नेपाल एकमात्र देश हो जहाँ ३६५ दिन नै शुर्य देवको प्रर्दुर्भाब हुन्छ, त्यो पनी हिमालयमा जसलाई हामी सगरमाथा पनी भन्छौ । त्यसैले पनी विश्वको गुरु हो हाम्रो देश ,जो देव भुमी हो ।विश्वले मानेको वेदको रचयिताको जन्मभुमी हो । विश्व कै पहिलो ग्रन्थ बाल्मिकि रामायण को रचना गरेर संस्कृतको आदिकवि भनेर चिनिनुहुने बाल्मिकि ऋषीको जन्मभुमी साथै तपोभुमी हो । माता सिताको जन्म भुमी हो , गोरखनाथले गाई चराएको भुमी हो । विश्वभरी शान्तिको दिप बाल्ने भगवान बुद्धदेखि अनेकै महापुरुष हरुको जन्म भुमी तपो भुमी हो नेपाल ।

जहाँ हिमाल ,पहाड, तराई सम्पुर्ण भुभाग देव मय छ ।मुक्तिनाथ , पशुपतिनाथ , मनकामना , पाथिभरा , उत्तरवाहिनी, कृष्ण गण्डकि लगायत अनेकौ तिर्थस्थलहरु रहेको हाम्रो देश यसै हिन्दु राष्ट्र थिएन । पृथ्वी , जल , वायु , तेज ,आकाशलाइ मात्र नभएर अन्य प्राणी जस्तै किरा-फट्याङ्रा , चराचुरुङ्गी ,जनावर , पहाड पखेरा सबै भगवान हुन है भनेर अरुलाइ शिक्षा दिने मेरो देश हचुवाको भरमा हिन्दु राष्ट्र थिएन । ठुला-ठुला विद्वान् , ध्यानवान ,ज्ञानवान , बुद्दिजिवि हरुले पनि जन्म जहाँ होस तर मरण पुण्यभुमी , देवभुमी नेपाल मै होस यसै भनेका होइनन ।

हामी पृथ्वीलाई भगवती , जगतजननि , आमा मान्छौ , अनि मातृभूमि लाई आमा नै मान्छौ अनि विश्वलाई पनि यहि सिकाएका थियौ । भन्नेगरिन्छ नि ……
मित्राणि धनधान्यानि प्रजानां सम्मतानिव । जननी जन्म भुमिश्च स्वर्गादपि गरीयसी ।।

मित्र , धन्य , धान्या आदिको संसारमा उच्च सम्मान गरिन्छ तर आमा र मातृभुमिको स्थान स्वर्ग भन्दा पनि माथि छ । त्यसैले गौरव गर्नेगरौ आफ्नो धर्तिको ,गौरव गर्नेगरौ आफ्नो माटोको । जुन माटोको कण कणमा विर योद्धाको रगत बगेको छ । जुन माटोको कण कणमा सौर्यको गाथा छ । जुन माटोको कण कणमा स्वभिमानले भरिएको सिर लुकेको छ । त्यो सिर जो अधर्मिको अगाडि झुक्न भन्दा बरु शरिर बाट टुट्न पछि परेनन । जो झुकेन कसैले झुकाउनाले , सिर काटिएर गयो , शरीर टुक्रा टुक्रा भएर यसै धर्तिमा बिलिन भयो तर पनि झुकेनन , यस्तो विर हरुको भुमी हो यो । जसले  आफुलाई सुत्केरी  नानीको आमा भनेनन् पिठ्युमा बच्चा बोकेर पनि देश लाइ बिदेशीको गुलाम बन्न दिएन्न् अनि यो देशको स्वभिमान गिर्न दिएन्न । हामी तिनैका वंशज हौ , भन्दा कताकता मन फुरुङ्ग भएर आउछ फेरी हालको अवस्था हेर्दा भक्कानो फुटेर आउछ ।

हिजो हाम्रा पुर्खाले विदेशीदेखि लुटिन बाट बचाएको मेरी आमा आज मतिभ्रष्ट ,नालायक , कुलंघार आफ्नै सन्तानबाट लुटिइ रहेकी छिन । शरीर ढाकने बस्त्र त थुतेर मिल्काइदिइ सकेका थियौ , बिचरी मेरी आमा तै राष्ट्रीय झण्डाको आडमा भए पनि आफ्नो अस्तित्व लाइ ढाकिरहेकी थिइन । तिमीले त त्यो पनि जलाइ दियौ त्यति मात्र कहाँ हो र ? आफ्नो अस्तित्वलाइ आफ्नै हातले छोप्ने प्रयत्न मात्र के गर्दै थिइन आफ्नै आखा अगाडि धर्म रक्षक जो भगवान् को भक्त थियो । भगवान्को सेवक थियो जो मेरी आमाको प्रिय सन्तान थियो, उसैको रगतले लतपत हुनु पर्यो यो कस्तो नियति हो ?

अरे पटमुर्ख हो वीर योद्धाको रगतले लतपत भएको माटोलाइ हृदयमा टासि हेर त कतै तिम्रो मनमा देश प्रतिको प्रेम पो जाग्ने छ कि ? एक पटक त्यो माटो तिम्रो ललाटमा लगाइ हेर त कतै बुद्धि फेरिने पो हो की ? आज विश्वको एक मात्र हिन्दुराष्ट्र मेटिए संगै नासिए संगै नेपाल आमाप्रति अत्याचार बढ्न थालेकोछ । राष्ट्रिय जनावर गाइ जसलाइ हामी माता मान्छौ दिनदाहाडै काटिन थालेकि छिन । आखिर किन यस्तो भइरहेकाे छ त भन्दा सुन्ने धेरैका आरोप यसरी आउछन : यो सबै राजनीतिले गर्दा हो ,राजनीति खत्तम हो । राजनीति फोहोरी खेल हो अनेकौ अनेक सुन्ने गरेको छु तर म भन्छु राजनीति कहिल्यै पनि गतल होइन गलत हो त केवल व्यक्ति किनकी राजनीति जव भगवान रामको हातमा आउछ तब रामराज्य हुन्छ ।

यहि राजनीति भगवान राम जस्तो महापुरुषको हातमा आउदा कल्याणकारी बन्छ , मर्यादा बन्छ । यहि राजनीति भगवान कृष्ण, भगवान योगेश्वर को हात मा आउछ तब सम्पुर्ण बिश्वलाइ बाध्ने योग बन्छ । यहि राजनीति हो हरिश्चन्द्रको हातमा सत्य बन्छ । यहि राजनीति हो जव बुद्ध को हातमा आउछ तब शान्त बन्छ । अनि यहि राजनीति जब कंश जस्ता को हातमा आउछ तब कष्टकारी बन्छ , दुखदायी हुन्छ । यहि राजनीति जब रावण जस्तो को हातमा आउछ तब रणभुलमा पर्छ ।

यहाँ पनि भएको यहि नै हो, जबजब हामी कमजोर बन्यौ , जबजब हामी स्वार्थि बन्दै गयौ , जबजब हामी लोभी हुदै गयौ , जबजब हामी कायर बन्दै गयौ , तब तब विश्वले हाम्रो फाइदा उठाउदै गयो । हामी डलर मा बिक्दै गयौ । हाम्रा नदिनाला बेचिए , हाम्रा भेषभुषा लुटिए , हाम्रा संस्कृति, रितिरिवाज , रहनसहन , नासिए । हाम्रि जननीलाइ, हाम्रो धर्मलाई , हाम्रो सनातनि पहिचानलाई सबैतिर बाट लुट्दा लुट्दा जर्जर पारेको अवस्थामा बेचिन लागिदैछ अब जसरी एउटी गाईलाई दुध दिउन्जेल पालिन्छ त्यसपछि लगेर बेचिन्छ । हो त्यही अवस्था आउनै लागिसकेको छ । ,तर हामी पनि त्यति कमोजोर त कहा छौ र ? शरीरमा एक बुन्द रगत र दुइ घुटकी  सास रहेसम्म धर्मबाट च्युत हुने छैनौ र त्यही धर्ममा टेकेर हिन्दु हिन्दुत्व र मातृभूमि को रक्षार्थ डटिरहने छौ।

त्यसैले म भन्छु …हरेक संस्था मजबुत होस , सन्त समाज मजबुत होस , राजनीति पनि मजबुत होस , धर्मनीति पनि मजबुत होस । यो देशै बिग्रिए लालसा, इच्छा, कामनाको के गति ? यो देश भोकै मरे धनवानको के गति ? यो देशमा अत्यचारले सिमा नाघे बलवानको के गति ? यो देशमा अन्धकार फैलिए विद्वानको के गति ? सामर्थलाइ नै निभाइदिए आज्ञाकाे के गति ? जव धर्म नै नरहे मानवताको के गति ? त्यसैले पार्टीको बन्नु अघि , सम्प्रदायको बन्नु अघि , जातियताको बन्नु अघि ,प्रदेशको बन्नु अघि, क्षेत्रको बन्नु अघि धर्ममा रहेर नेपाली बनौ।

जय मातृभुमि ।।

Post Comment