
आमा बुबाले आफ्ना सन्तानले राम्रो पढुन, उन्नती प्रगती गरून् भनेर प्रोत्साहन गर्नको लागि हरेक कक्षामा उत्कृष्ट नतिजा ल्याए आफ्ना सन्तानलाई घडी, मोबाईल, साईकल, लत्ताकपडा लगायतका सामान किन्दिन्छन । त्यस्तै बिद्यालयले छात्रवृत्ति, पुरस्कार लगायतको ब्यवस्था गर्छन त्यो पनि सामान्य प्रकृया हो। आफ्नाले आफ्नैलाई बढी चिनेका हुन्छन र प्रोत्साहन गर्न र हौसला प्रदान गर्न यी यस्ता बिबिध सेवा, सुबिधा तथा जिन्सी चिजहरु दिने गर्छन । यो एक सामान्य प्रकृया हो । त्यस्तै गरि कला क्षेत्रमा पनी कुनै ब्यक्ती, संस्था वा कला पारखीहरुले समुदाय स्तरमा, क्षेत्रीय स्तरमा, जिल्ला स्तरमा तथा राष्ट्रीय स्तरमा समेत पनि यस्तो सेवा तथा सुबिधा तथा प्रोत्साहन स्वरुप पुरस्कार बितरण गर्न सक्छन । चाहे महोत्सव होस, चाहे अवार्ड होस, चाहे, प्रतियोगिता होस, जे केही आयोजना गर्न सक्छन । यस्ता कुरामा कोहि कसैले डाह गर्नु, ईर्ष्या गर्नु र प्रतिसोधको भावना राख्नु गलत हो । यही असोजमा हुन लागीरहेको “काँठे लोक दोहोरी अवार्ड – २०७८” लाई सर्वप्रथम त अग्रिम शुभकामना ।
नेपाली लोक तथा दोहोरी गित संगितको उत्थान, प्रबर्धन र प्रचार प्रसारका लागि बिगत देखी भैरहेका विभिन्न “रियालीटी सो” हरु, लोक तथा दोहोरी गितका प्रतियोगिताहरु, अवार्ड बितरणहरु, सर्जक-श्रष्ठा सम्मान कार्यक्रमहरु, स्टेज प्रोग्रामहरु लगायतले नेपाली लोक कला र संस्कृतिलाई विश्व सामु चिनाउन भएका हरेक प्रयासहरुलाई मुक्त कण्ठले प्रशंसा नगरी बस्न सकिँदैन ।
तर लोक तथा दोहोरी गितको अवार्डकै बिषयमा बोलीरहँदा भने भेगिय रुपमा हेपिएको र पेलिएको बिषयलाई पनि उठान नगरी बस्न सकीने अवस्था छैन । हरेक बर्ष देश ब्यापी रुपमा ८-१० वटा अवार्ड कार्यक्रम हुने गर्छन। त्यसमा बिबिध बिधा छुटाईन्छ । देउडा गित, काँठे गित, पुर्वेली गित, भाषा भाषी गित लगायत बिबिध बिधामा अवार्ड बितरण गरीन्छ । अवार्ड बितरण, कलाकारीताको सम्मान यो आफैँमा गर्व गर्न लायक र अन्तर हृदयदेखि धन्यबाद दिनुपर्ने कुरा हो । तर धन्यबाद दिँदै गर्दा नमिठो अनुभव पनि सेयर गर्नुपर्छ भन्ने लाग्छ । आखीर लोकलयमा बन्ने जहाँकहीको गित लोक गित हो र केटा र केटीले दोहोरो गाउने गित जहाँकहीको गित दोहोरी गितनै हो । चाहे त्यो पस्चीमे लयको होस, चाहे त्यो पुर्वेली लयको होस या चाहे देउडा या काँठे दोहोरीनै किन नहोस । तर किन पस्चिमे लवज र पस्चिमे लयमा बनिएका गितलाई मात्र लोक दोहोरी गित भनेर मुख्य रुपमा राखीन्छ र अवार्ड बितरण गरीन्छ ? किन काँठे दोहोरी गित भनेर फरक बिधा बनाईन्छ ? किन पुर्वेली गित भनेर फरक बिधा लेखीन्छ ? किन देउडा गित भनेर फरक तरीकाले व्यवहार गरीन्छ? के पस्चिमे लय मात्र राष्ट्रिय स्तरको दोहोरी अरु चाहिँ दोहोरी गितनै हैन ? अग्रज तथा जानकारहरुको जवाफको प्रतीक्षामा छ यो पंक्तीकार र आम अडियन्स । मैले अधीकाँस आयोजकहरुले आयोजना गरिरहेको अवार्ड बितरणको कार्यक्रमको नमिठो पक्षको बिषयमा बोलीरहदा यसको जवाफ पाउनु पर्छ भन्ने महसुस गरेको छु ।
हरेक बर्ष विभिन्न किसिमका ब्यापारीक प्रायोजक, संस्था तथा ब्यक्तीले अवार्डको आयोजना गर्नु हुन्छ तर प्राय अवार्डहरु बिवाधीत बनिरहेका हुन्छन । आम दर्शक श्रोता र कलाकार स्वयंको पनी आरोप के हुन्छ भन्दा अवार्ड पैसामा बिक्यो, पैसा हुनेले पैसा तिरेर अवार्ड किने, राम्रो सर्जक र सृजनाको अवमुल्यन गरियो, आयोजकहरु पैसामा बिके जस्ता आरोपहरु छरपस्ट हुने गरेका छन । स्वयं पङ्क्तीकार संग समेत केही कलाकारहरुले मैले यति पैसामा अवार्ड किने भनेर बताउने कलाकारहरुको नाम लिस्टनै छन । किन यस्तो भैरहेको छ अवार्ड बितरणमा ? के यो “काँठे लोक दोहोरी अवार्ड” यी बिषय बाट अछुतो रहन सक्ला ? लोक दोहोरी गितको उद्गम थलो काँठ, अधीकाँस फिलिमका गितको जग काँठ, अधिकांस आधुनिक गितको जग काँठ किन हेलामा परीरहेको छ ? एउटा गम्भीर प्रश्न खडा भएको छ । आयोजक संस्थाको लागि अगाडि खडा भएको यो चुनौतीको पहाड कसरी छिचोल्छ र कसरी बिवाद रहीत बन्ने छ त्यो भबिस्यले बताउनेछ । सबैको चित्त बुझाउन त कसैले पनि सक्दैन तर ५१% सफलता हासील गरेमा यो अवार्डलाई सफल मान्न सकिएला भन्ने लाग्छ । तर यी बिगतका जस्तै आरोप आए ईतीहासले कस्तो पाठ सिक्ला यो सोचनीय बिषय बनेको छ ।
केही नहुनु भन्दा केही हुनु कहाँ हो कहाँ राम्रो हो, त्यसमाथी कुनै ब्यक्तीले लिड गर्नु, केही गर्छु भनेर सोच राख्नु, आँटेको काम गर्न रातोदिन खाई नखाई खटीनु र दुनियाको अपजस सहनु र सबैको चित्त बुझाउन प्रयास गर्नु त्यो निकै ठुलो महानता हो । दुनियालाई कम्प्लेन गर्न सजिलो हुन्छ, संसारकै सबै भन्दा सजिलो काम कम्प्लेन गर्नु हो तर कम्प्लीट गर्न धेरै गारो हुन्छ त्यो कुरो बुझ्नेले पक्कै बुझेका छन । तर कार्यक्रमको सुरुवाती क्षणमै धेरैको मन दुख्नु, धेरैको मन असन्तुष्ट हुनुले भने पक्कै सुभ संकेत गर्दैन । घरको रेखदेख गर्न प्राय घरबेटीले कुकुर पाल्छन र पाल्नुपर्छ तर बिना अर्थ आफन्तलाईनै नचिनेर टोक्ने कुकुर पाल्नु हुन्न। आफ्नै मान्छेलाई टोकेर पराई बनाउन खोजीरहँदा घरबेटी मुकदर्शक बनेर हेरीरहँदा आफन्तको मनमा कस्तो असर गर्ला त्यो पनि सोच्ने कि ? त्यस्ता कुकुरलाई बेलैमा ब्यवस्थापन गर्न सके या तह लाउन सके घरबेटीको इजत जोगिन्थ्यो र भलो हुन्थ्यो भन्ने लाग्छ । बुझ्नुपर्नेले मनन गरेर कार्यक्रम सभ्य र भब्य बनाएर ईतिहासमा नाम लेखाउनु हुनेछ भन्ने पुर्ण आशा सबै शुभचिन्तकहरुले राखेका छन । लेख्नु पर्ने कुरा धेरै छन, बोल्नुपर्ने कुरा धेरै छन । धेरै बोल्नु भन्दा पनी काम गरेरै देखाउनु पर्ने चुनौतीको पहाड झनै विशाल छ । सबैको जय होस, भलो होस । जदौ।