-करन साउँद
यतिखेर नेपालमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनले दिन दो गुना रात चौ गुना माहोल तताईरहेको छ।हरेक पार्टीहरुले आ आफ्ना उम्मेदवार छनौट गरेर प्रचार प्रसार तीब्र पारिरहेका छन् ।नेपाली कांग्रेस नेकपा समाजबादी र नेकपा माओवादी बिच गठबन्धनले झन माहोल गर्मागर्मी बनाईरहेको छ।नेकपा एमालेले पनि अवस्था र स्थिति हेरेर राप्रपा संग चुनावी तालमेल गरेको देखिन्छ ।त्यस्तै स्थानीय चुनाव देखि चर्चामा देखिएका स्वतन्त्र उम्मेदवारहरुले पनि उत्तिकै माहोल तताई रहेका छन् ।स्थानीय निर्वाचनमा काठमाडौ स्वतन्त्र मेयर बालेन शाह धनगढी मेयर गोपाल हमाल र धरान मेयर हर्क साम्पाङले निर्वाचित भएर गरेका बिकास निर्माणका कार्यहरु प्रती जनताहरु निकै स्वतन्त्र उम्मेदवार देखि हर्षो उत्साहित देखिन्छन।त्यही स्वतन्त्र उम्मेदवार भित्रका अछामका एक उम्मेदवार हुन राजन कुंवर।राजन कुंवर अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारि दिएका ब्यक्ति हुन।सरल स्वभाव ईमान्दार योग्य कर्मठ दयालु आफ्नो भन्दा अरुको दुख पीडामा साथ दिने कुंवरले अछामी जनताका लागि निकै अतुलनीय योगदान दिनुभएको छ।अछामको जिल्लाको बयालपाटा अस्पताल स्थापना गराउन स्वतन्त्र उम्मेदवार कुंवर निकै ठुलो देन रहेको सर्व बिधित नै छ।अछाम बाट टिकट पाएका पार्टीका उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवार कुंवर योग्य दक्ष क्षमतावान निडर लगनशील ब्यक्तिमा पर्नुहुन्छ।बयालपाटा स्थापनाकाल देखि कुंवर प्रतिको जनताले गरेको बिश्वास यसपटकको निर्वाचनमा शुभ साबित हुने देखिन्छ ।ईमान्दार सरल स्वभावका कुंवरको देन बाट स्थापित बयालपाटा अस्पतालले आजभोलि डोटि बाजुरा अछाम लगायतका थुप्रै जिल्लाका जनताहरुलाई लाभ दिईरहेको छ।यदि स्वतन्त्र उम्मेदवार राजन कुंवर यो निर्वाचनमा निर्वाचित भए अझै उक्त अस्पताल लाई थप सेवादायी लगायत अछाममा बिकास निर्माणका कार्यहरु युवा पुस्ताहरु रोजगारी जस्ता कुराहरुको ग्यारेन्टी गर्ने योजना रहेका कुंवर बताउनु हुन्छ।तसर्थ पटक पटक जिताएकाहरु मन्त्री बनाएईकाहरु होईन यसपटक स्वतन्त्र ईमान्दार उम्मेदवार राजन कुंवरलाई उहाँले पाएको चुनाव चिन्ह पुतलिमा आउदै गरेको मंसिर ४ मा सम्पुर्ण अछामी दाजुभाई आमाबुबा दिदिबहिनीहरुमा हार्दिक अपिल गर्दछु।
राजनीति मात्र होईन राजनमा लुकेको समाज सेवा पनि जनताले बुझ्नुपर्छ
