राष्ट्रकवि प्रति राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली, पशुपतिमा अन्त्येष्टि

राष्ट्रकवि प्रति राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली, पशुपतिमा अन्त्येष्टि
श्रद्धाञ्जली

युएस नेपाल न्युज, काठमाण्डाै ।  राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर श्रद्धान्जलि अर्पण गर्नुभएको छ ।

बिहान उहाँको निवास लैनचौरमा उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय झण्डा ओढाइ नेपाल सरकारका तर्फबाट श्रद्धाञ्जलि व्यक्त गर्नुभएको हो । राष्ट्रकवि घिमिरेको अहिले पशुपति आर्यघाटमा अन्त्येष्टि गरिंदैछ ।

कविवर घिमिरेको मङ्गलबार साँझ १०१ वर्षको उमेरमा निधन भएको थियो ।

Post Comment