काबुलमा मारिएका ढुङ्गानाको शव घरमै पु¥याइयो

अन्तर्राष्ट्रिय समाचार

ckmuflg:tfgsf] sfa'ndf ut ;f]daf/ ePsf] cftªssf/L cfqmd0fdf k/L lgwg ePsf g]kfnLsf] zj k|lt sf7df8f}Fl:yt lqe'jg ljdfg:yndf >4f~hln lbb} kl/jf/sf ;b:o . tl:a/ M /f]zg ;fksf]6f,/f;;

चितवन, ८ असार । अफगानिस्तानको काबुलमा सोमबार भएको आत्मघाती आक्रमणमा परी ज्यान गुमाएका पूर्वी चितवनको खैरहनी नगरपालिका–१ हाँजिपुरका कृष्णबहादुर ढुङ्गानाको शव आज साँझ परिवारको जिम्मा लगाइएको छ ।

नेपाली सेनाको हेलिकप्टरमार्फत भरतपुर ल्याइएको ढुङ्गानाको शवलाई परिवारलाई जिम्मा लगाइएको हो ।

भरतपुर विमानस्थलमा प्रजिअ विनोदप्रकाश सिंह, प्रहरी उपरीक्षक वसन्तबहादुर कँुवर, अनुसन्धानका उपनिर्देशक माधव तिमिल्सिनालगायतले ढुङ्गानाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । ढुङ्गानाको आजै स्थानीय देवघाटमा अन्त्येष्टि गरिने परिवारजनले बताएका छन् ।

कृष्णबहादुरका ५६ वर्षीय बुबा उत्तरकुमारले छोराको निधनसँगै वृद्ध अवस्थाका हजुरबुबा हजुरआमादेखि साना नानी, बाबु पीडामा रहेको बताउनुभयो । ढुङ्गानाका ८१ वर्षका हजुरबुबा होमनाथ र ८१ वर्षकै हजुरआमा जानुका पनि अहिले शोकमा हुनुहुन्छ । ढुङ्गानाका तीन वर्षको छोरा, पाँच वर्षकी छोरी र श्रीमती छन् ।