(ब्राजिल) ११ कात्तिक । सार्वजनिक सुरक्षा संस्थाले बिहीबार सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार रियोमा एक बर्षको अवधिमा प्रहरी कारबाहीमा झण्डै चार हजार नागरिक मारिएका छन् ।
अत्याधिक धेरै पर्यटकहरुको गन्तव्य बन्दै आएको ब्राजिलको मुख्य सहर रियोको वास्तविक दृश्य यस तथ्याङ्कले प्रष्ट पारेको जी वान न्युजले जनाएको छ ।
सन् २०१० देखि अहिले सम्ममा तीन हजार ९८५ जना मानिस प्रहरीद्धारा मारिएका छन् । त्यसमा पनि यस बर्षको जनवरीदेखि अगस्ट सम्म मात्रै ५४४ जनाको प्रहरीकै कारण मृत्यु भएको छ । बाजिलमा सन् २०१५ मा प्रहरीबाट ६४४ जनाको मृत्यु भएको तथ्याङ्क सो संस्थाले जनाएको छ ।
विगत छ बर्षको अवधिमा सन् २०१० मा सबैभन्दा धेरै ब्राजिलियाली नागरिकको मृत्यु भएको जनाउदै उक्त बर्षलाई खराब बर्षको रुपमा प्रस्तुत गरिएको छ । सन् २०१० मा ८५५ जनाको मृत्यु भएको थियो ।
यी सवै मृत्युका घटना सन् २०१६को ओलम्पिक आयोजना गरिएको सहर ब्राजिलको राजधानी रियोमा प्रहरी कारवाहीमा भएका हुन् । गत बर्ष भन्दा यस बर्ष २४ प्रतिशत बढीको प्रहरी कारबाहीमा मृत्य भएका जनाइएको छ ।