लन्डन, २४ कात्तिक । लन्डनमा बुधबार भएको ट्रयाम दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।
घटनामा घाइते भएका ५० जनालाई स्थानीय अस्पतालमा भर्नागरी उपचार सुरु गरिएको लण्डन प्रहरीले बताएको छ ।
ट्रयामका चालकलाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरिएको बताइएको छ । सडक दुर्घटना लन्डनको दक्षिण क्षेत्रमा भएको जनाइएको छ ।