भ्रष्टाचार विरोधी संस्था इन्भेष्टिगेटिभ कमिटिका अनुसार एक तेल कम्पनीबाट २० लाख डलर घुस लिएको आरोपमा रुसका अर्थमन्त्री एलेक्सी उल्याकायेब पक्राउ परेका छन् । रोजेनफण्टले अर्को तेल कम्पनी बासेनफण्टको ५० प्रतिशत स्वामित्वका लागि स्वीकृत दिँदा अर्थमन्त्री एलेक्सीले धम्की दिएर घुस लिएको कमिटिको प्रवक्ता स्वतना पेट्रोनेकोबलाई उदृत गदै रुसी समाचार एजेन्सीले जनाएको छ ।
इन्भेष्टिगेटिभ कमिटिका अनुसार मन्त्री एलेक्सीविरुद्ध छिट्टै मुद्धा दायर गरिने छ । सोभियत संघको १९९१ मा भएको सत्ता परिवर्तनको प्रयासपछि घुस लिएको आरोपमा पक्राउ परेका एलेक्सी सबैभन्दा ठुला नेता हुन यदि घुस आरोप प्रमाणित भएमा उनलाई ८ देखि १५ बर्षसम्म जेल सजाय हुनसक्ने छ ।