मंसिर १ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको किड्नी (मृगौला) काम नलाग्ने (फेल) भएको छ ।
विदेशमन्त्री स्वराजले नै आफ्नो स्वास्थ्यअवस्थाका बारेमा जानकारी दिएकी हुन् । उनले ट्वीट गर्दै आफ्नो किड्नी फेल भएको जनाएकी हुन् ।
नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उनको उपचार भइरहेको छ । बुधबार ट्वीट गर्दै विदेशमन्त्री स्वराजले आफ्नो उपचार भइरहेको बताएकी छन् । किड्नी प्रत्यारोपणका लागि परीक्षण भइरहेको पनि उनले जनाएकी छन् ।