मनिला– फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले “एकजना सुपात्रको शानदार विजय भएको” भनी अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई ज्ञापन गरेका छन्। के
ही महिनाअघि राष्ट्रपति डुटेर्टेले ठूलै हिम्मत गरी फिलिपिन्समा लागू पदार्थका तस्कर र दुव्र्यसनीहरुविरुद्ध युद्धस्तरमा कारबाही चलाएका थिए । सोही क्रममा धेरैलाई धर,पकड, थुन,छेक र कैद दण्ड,सजायँ गर्दा ज्यादति गरेको भनी अन्तर्राष्ट्रिय स्तरमा उनले निकै आलोचना खेप्नु परेको थियो । त्यस बखत आफ्नो कारबाहीलाई समर्थन गरी सघाउनुको सट्टा उल्टै आलोचना गरेको भनी अमेरिकी राष्ट्रपति बाराक ओबामासँग रुष्ट भएका उनले निकै गुनासो समेत गरेका थिए ।
राष्ट्रपति डुटेर्टेले गत मङ्गलवार एक पत्रकार सम्मेलनमा निर्वाचनमा ट्रम्प विजयी भएकोमा हाल आफू निकै प्रसन्न रहेको बताएका थिए । त्यस्तै राष्ट्रपति डुटेर्टेले निकट भविष्यमा पेरुको राजधानी लिमामा आयोजना हुन गइरहेको एसिया तथा प्रशान्त महासागरीय राष्ट्रहरुकाबीच आर्थिक सहयोग मन्च एपेक को शिखर सम्मेलनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न समेत उत्साहपूर्वक प्रतिक्ष गरिरहेको बताएका छन् ।
पत्रकारहरुले सम्मेलनमा ‘अमेरिका र फिलिपिन्सबीच चिसिएको सम्बन्ध ट्रम्पको कार्यकालमा सुधारिन्छ त ? भन्ने जिज्ञासा राष्ट्रपति डुटेर्टेले भने“किन सुधार नहुनु, मेरो कसैसँग रिस,राग, झै,झगडा छैन । म सबैका मित्र बन्न इच्छुक छु” । रुस सम्बन्धी सोधिएको एक प्रश्नमा उनले भने “राष्ट्रपति पुटिन पनि बन्दुक, कडा र अन्तिम कारबाही निकै मन पराउने नेता हुनु भएकाले उहाँको र मेरो कुरो मिल्छ, त्यही भएर नै आगामी एपेक शिखर सम्मेलनमा उहाँसँग मैले रुस र फिलिपिन्स घनिष्ठ मित्र हुनु पर्यो भन्ने प्रस्ताव राख्दैछु”