मंसिर ३। संसारकै सबैभन्दा मान्य तथा निडर भौतिक शास्त्री स्टीफेन हकिङ्गले गरेकोे एउटा कुराले सबैलाई आश्चर्यमा पारेको छ । ७४ बर्षीय स्टीफेन हकिङ्गले भने “मानिस यस धर्तीको सबैभन्दा सानो हिस्सा ओगटेको छ” तर पनि उनले यसको बारेमा एउटा सोच विकसित गरेका छन्। हकिङ्गले यो पनि भने “अबको १००० साल हामी यस धर्तीमा बाच्न सक्ने आशा कम छ । त्यसैले हामीले अब पृथ्वी जस्तै अर्को दोस्रो ग्रह खोज्नु पर्छ।” उनले अब आउने भविष्यमा क्लाइमेट चेन्ज र न्यूक्लियर टेरिज्म बाट मानिसको अस्तित्व पनि सकिने बताए।
अक्सफोर्ड युनियन डेविटिङ सोसाइटीले गरेको कार्यक्रममा भनाई राख्ने क्रममा हकिङ्गले आइस्टाईनको थ्योरी, ईश्वरको बारेमा र केहि मिथक कुराहरु पनि गरेका थिए। हकिङ्गले भने “ रिर्सच, थ्योरिटिक र फिजिक्स भन्दा राम्रो समय पनि आउने वाला छ। पछिल्लो ५० सालमा ब्रमाण्ड बारेमा हाम्रो सोचमा धेरै परिर्वतन आएको छ। यसबाट म खुसी छु, किनकि यसमा केही योगदान मेरो पनि छ। यदि मानव सभ्यता बाचाई राख्नु छ भने मानिसले यो धर्ती छोड्नु पर्छ । यो पनि हुन सक्छकि यो धर्ती विनास हुन हजार या दस हजार वर्ष पनि लाग्न सक्छ । तर यो भन्दा पहिले हामीले अन्तरिक्षको कुनै दोस्रो ग्रहमा स्थानान्तरण हुन पर्छ । यसले गर्दा मानव सभ्यता यो धर्ती विनास भए पनि जिवितनै रहन सक्छ।”
२००९ मा नासाले धर्ती जस्तै ग्रहको खोजिका लागि अनुसन्धान गरेको थियो जसको अनुसार अन्तरिक्षमा ४६०० यस्तो ग्रह छ जहाँ मानिस रहन सक्ने कुरामा विचार गर्न सकिन्छ। नासाको अनुसार २३०० ग्रहमा गएर मानिसहरु जीवित रहन सक्छन्।