मंसिर४,अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रम्प विश्वविद्यालय सम्बन्धी जालसाजीको मुद्धा मिलाउन २करोड ५० लाख डलर तिर्न राजी भएको दी न्यु योर्क टाइम्सले जनाएको छ । न्यु योर्कका महान्यायधिवक्ताले शुक्रवार ट्रम्प पैसा तिर्न राजी भएको जानकारी दिएका हुन् ।
विश्वविद्यालयका थुप्रै विद्यार्थीहरुले ट्रम्पमाथि जालसाजी मुद्धा हालेका छन्। उनको चुनाव अभियानका क्रममा पनि यो मामिला निकै चर्चामा थियो। यो मुद्धामा मिलापत्र हुँदा राष्ट्रपतिको शपथ ग्रहण गर्ने बेलामा मुद्धा पनि बोक्नुपर्ने बेइज्जतीबाट ट्रम्प जोगिएका छन् ।