मंसिर४,जलालाबाद। अफगानिस्तानमा इस्लामिक स्टेट (आइएस)का एक कमाण्डर सहित सात जना लडाकुहरु मारिएका छन्। नानगाहार प्रान्तको कोट जिल्लाको पूर्वी क्षेत्रमा पर्ने स्थानमा शुक्रवार लुकेर बसेका आतङ्ककारी लक्षित आक्रमणमा ती लडाकुहरु मारिएका स्थानीय सरकारका प्रवक्ता अतुल्लाह खोगिनिले शनिवार जानकारी दिनुभयो ।
हवाई आक्रमण भईरहेको ठाउँमा आइएसका कमाण्डर मुल्लाह बजार्ग मारिएको उहाँले बताउनु भयो । सुरक्षा कारबाहीका क्रममा सर्वसाधारण नागरिकको हताहाती नभएको खोगिनिले दावी गर्नुभयो । राजधानी काबुल देखि १२० किलेमिटर पूर्वमा पर्ने नानगाहार प्रान्तमा गत दुई बर्षदेखि आईएस आतङककारी समुहको गतिविधिहरु बढेको छ ।