मंसिर ५ । ब्राजिलमा आपराधिक समूहले गोली हानी एउटा हेलिकप्टर खसालेको छ ।
आपराधिक समूहले हानेको गोली लागेर हेलिकप्टर खस्दा चारजना प्रहरी अधिकारी मारिएका छन् ।
रियो दि जेनेरियोको गड फावेला शहरमा आपराधिक समूहले गोली हान्दा प्रहरीको हेलिकप्टर दुर्घटना भएको हो । गोली लागेपछि हेलिकप्टर ढुंगाजस्तै गरी खसेको भिडियो फुटेजमा देखिएको छ ।
गुण्डा समूहविरुद्ध कारवाही अभियानमा रहेका प्रहरीलाई साथ दिएको हेलिकप्टरमा गोली प्रहार गरिएको प्रहरीले जनाएको छ । फावेलामा लागुऔषध तस्करीमा संलग्न समूह र प्रहरीबीच झडप हुने गरेको छ ।