सारकोजी प्रतिस्पर्धाबाट बाहिए।

अन्तर्राष्ट्रिय समाचार

मंसिर ६। फ्रान्समा राष्ट्रपति चयनका लागि अर्को वर्ष हुने चुनावमा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार चयनका लागि दुई पूर्व प्रधानमन्त्रीहरु दोस्रो चरणको चुनावी दौडमा उत्रँदै छन्। आउँदो आईतबार हुने अर्को चरणको चुनावमा पूर्वप्रधानमन्त्रीहरु फ्राँस्वा फालोँ र एलाँ जुप्पे भिड्दै छन्। फ्रान्सका पूर्व राष्ट्रपति निकोलास सारकोजी भने चुनावको प्रारम्भिक दौडबाटै बाहिरिएका छन्। देशव्यापी रुपमा भएको प्रारम्भिक प्रतिस्पर्धामा सारकोजी जम्मा २१ प्रतिशत मत ल्याएर तेस्रो स्थानमा आएका हुन् ।
प्रतिस्पर्धा यसको अर्थ अब सारकोजीले अर्को आइतबार पार्टीको तर्फबाट उम्मेदवार चयनका लागिहुने चुनावमा भाग लिन पाउने छैनन। मतदान सम्पन्न भएको केहि घण्टापछि बोल्दै उनले “मैले आफ्ना बहुमत मतदाताहरुलाई आश्वस्त पार्न सकिनँ । म उनिहरुले आफ्ना भावि नेता चयनका लागि जुन निर्णय गरे त्यसको सम्मान गर्छु ।”यद्यपी फ्रान्सले आफ्नो मध्य दक्षिणपन्थी उम्मेदवार दुइजना पूर्वप्रधानमन्त्रीहरु फ्राँस्वा फालोँ र एलाँ जुप्पेबाट छान्ने छ । प्रारम्भिक प्रतिस्पर्धामा अनपेक्षितरुपमा फाँलोले ४४ प्रतिशत मतसहित पहिलो भएका छन भने जुप्पेले २८ प्रतिशत मत ल्याएर दास्रो स्थानमा आएका छन। आउँदो आइतबारको चुनावका लागि फियोलाई समर्थन गर्ने अन्य धेरै नेता जस्तै सारकोजी पनि एक हुन।
फ्रन्सका समाजवादी दलहरु क्मजोर देखिएकाले मध्य दक्षिणपन्थीबाट राष्ट्रपतिको उमेदवारले अर्को वर्षहुने राष्ट्रपति निर्वाचनमा अति दक्षिणपन्थी नेतृ मारीन ले पेनसँग लड्नुपर्ने ठानिएको छ।

Post Comment