१० मंसिर , इजरायलको तेस्रो ठुलो शहर हैफामा बुधबार विहानको करिब ११ बजे देखि शुरुभएको आगलागी राति अबेरसम्म पनि नियन्त्रणमा आईसकेको छैन। वीवीसीमा जनाइए अनुसार भीषण आगलागीका कारण करिब ८० हजार भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा लगिएको छ । जंगलमा भएको आगलागीका कारण जेरुशलम तथा पश्चिम तटमा खतरा उत्पन्न भएको छ।
लगभग दुई महिनाको खडेरिपछि शहरकको दक्षिण भागमा चलेको हावाको कारणले आगो नियन्त्रण भन्दा बाहिर गएको छ । उक्त आगो जानाजानि लगाइएको हुनसक्ने इजरायलका प्रहरी प्रमुख रोनी यालसाइकले बताएका छन् । इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले भने यस्तो आगजनीलाई आंतकवाद भनिन्छ जसले गर्दा हैफाको उत्तरी जिल्लामा ठुला ठुला भवन समेत जलेका छन्।
आगो नियन्त्रण गर्नका लागि इजरायलका अग्नी नियन्त्रकका साथै अन्य देशहरु टर्की,जापान,इटाली,रुस लगाएतबाट फाएर फाइटर बिमानहरुले निरन्तर प्रयास गरिरहे पनि आगो नियन्त्रणमा आएको छैन। यद्यपी कुनै मानवीय क्षति नभएको समाचार स्रोेतमा बताइएको छ। आगोलागिका कारण पत्ता लगाउन नसके पनि त्याहाँको प्रशासनले केहि अरबीहरुले लगाएको अनुमान गरी उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको बताइएको छ ।