मंसिर १५। चीनको उत्तरपूर्वी ईलाकामा भएको कोईला खानी दुर्घटनामा २२ मजदुर फसेका छन्। चीनको सरकारी समाचार एजेन्सी शिन्हुआका अनुसार यो दुर्घटना हिजो राती नौ बजे उत्तरपूर्वी हेईलोगजियांग प्रान्तको क्वेटेहे शहरमा भएको थियो। जुन घटनामा २२ श्रमिक ढुङ्गाहरु भित्र फसेका छन्।
प्राप्त खबर अनुसार उनिहरुको उद्धार कार्य जारीरहेको छ र दुर्घटनाका कारण पत्ता लगाउने कोसिस भईरहेको छ। लगातार हुने गरेको दुर्घटनाको कारण चीनको खनिज उद्योग दुनियाँकै सबैभन्दा खतरनाक उद्योगहरु मध्ये एक हो।
३१ अक्टोवरमा चीनको दक्षिण पश्चिम चोंगक्विगंको कोईला खानीमा भएको विष्फोटनमा ३३ जना श्रमिकको मृत्यु भएको थियो भने यसको एक हप्ता पछि ग्विङ्गझो प्रान्तमा भएको खानी विष्फोटमा पनि सात जनाको मृत्यु भएको थियो।