मंसिर १५। सिरियामा विद्रोहिको कब्जामा रहेको अलेप्पोको पूर्वी भागमा आज भएको गोलाबारी आक्रमणमा ४५ भन्दा धेरै मानिसहरु मारिएका छन् भने सिरियन आब्जेर्वेटरी फर ह्यूम्यान राइटका अनुसार ५० हजार भन्दा धेरै मानिसहरु विस्थापित भइसकेका छन्।
पूर्वी आलेप्पोमा भएको गोलाबारीमा दर्जनौ मानिसहरु घाइते भएका छन् भने मारिनेमा अधिकतम महिला तथा बालबालिका रहेको सिविल डिफेन्सले आफ्नो टेलीगा्रस एकाउन्टमा संदेश छाडेका छन्।
आब्जेर्वेटरीले विस्थापितहरुको संख्या ५० हजार भन्दा धेरै बताए पनि रेडक्रसका अनुसार २० हजार विस्थापित भएको जानकारी छ ।