मंसिर १६, पश्चिम मोजम्बिकमा एक तेल बोकेको ट्रक बिस्फोटन हुदा ७३ जनाको मृत्यु भएको छ भने केहि मानिसहरु घाइते भएका छन्। उक्त देशको एक सरकारी सञ्चार माध्यमले यो खबर पुष्टी गरेको छ ।
सरकारले हिजो एक बयानमा मालावीको नजिकै रहेको टेटे प्रान्त को काफिरिजेज गाउको मानिसहरुले ट्रकबाट तेल झिक्ने प्रयास गर्दा अचानक यो घटना घटेको जनाएको थियो । एक सरकारी सञ्चार माध्यमले टेटेका सरकारी अधिकारीको भनाइ उद्रित गर्दै बताएको छ कि उक्त घटनामा ११० जना मानिसहरु घाइते भएका छन, जसमा केहिको अवस्था गम्भिर रहेको छ भने घाइते मध्य केहि बालबालिकाहरु पनि रहेका छन् ।
अहिले सम्म उक्त बिस्फोट कसरि भयो भन्ने बारे खास कारण खुल्न सकेको छैन। सुचना मन्त्रालयका निर्देशक मानासेसले एएफपीको बताए अनुसार यस बिस्फोट कसरी भयो भन्ने बारे पत्तालगाउन अधिकारिहरु कोसिस गरिरहेका छन्।