मंसिर १७,फ्रान्सका राष्ट्रपति फ्राँस्वा ओलाँदले आगामी वर्षको अप्रिलमा हुने राष्ट्रपतिय चुनावमा आफू नलड्ने घोषण गरेका छन्। इमान्दारीसाथ फ्रान्सको सेवा गरेको तर आफ्नो उम्मेदवारीले समर्थकहरुलाई विभाजित गराउनेमा सचेत रहेको बताए। विश्लेषकहरु भन्छन फ्राँस्वा फियों र उग्र दक्षिणपन्थी उम्मेदवार मरिन ली पेनबिच कड्डा टक्कर हुने देखिन्छ ।
मत सर्वेक्षणमा उनी जनतामाझ एकदमै अलोकप्रिय रहको देखाउँदै आएका थिए। पछिल्ला केहि महिनाहरुमा नै राष्ट्रपति ओलाँदको पुननिर्वाचनको बाटो एकदमै कठिन हुने प्रष्ट भइसकेको थियो । उनले बेरोजगारी घटाउन सफल भए मात्रै पुनः उम्मेदवार बन्ने बताएका थिए।
सरकारी टेलिभिजनमा सम्बोधन गर्दै उनले भने ,“मेरो उम्मेदवारीले मेरा समर्थकहरुलाई एकताबद्ध बनाउँदैन। त्यही भएर मैले दोस्रो कार्यकालका लागि प्रयास नगर्ने र राष्ट्रपति चुनावका लागि उम्मेदवार नबन्ने निर्णय गरेको छु।”
राष्ट्रपति ओलाँदको लोकप्रियताको स्तर एकदमै खस्किएको छ र धेरै मतदाताहरुले अहिले उनलाई एक जना निर्णय लिन नसक्ने रकमजोर नेतृत्व क्षमताका नेताका रुपमा लिने गरेका छन्। ‘फिफ्थ रिपब्लिक’भनिने अहिलेको संविधान कार्यन्वयनमा आएयता दोस्रो कार्यकालका लागि लड्न आफू योग्य नरहेको बताउने उनि पहिलो बहालवाला राष्ट्रपति हुन।
बीबीसी संवाददाता भन्छन्, त्यो निश्चय नै लाजमर्दो हो र त्यो भन्दा पनि बढी लाजमर्दो चाहीं उम्मेदवारी दिने निर्णय गरी राष्ट्रपति चुनावको मनोनयनको पहिलो चरणमा आफ्नै पार्टीभित्र हानु हुने थियो।