१८मंसिर। उत्तर पूर्वी चीनको एक कोईला खानीमा चार दिन पहिले भएको विष्फोट पछि पुरिएका मानिसहरु मध्ये २१ जनाको मृत्यु भएको पुष्टि भएको छ।
हेइलोंगजिया प्रान्तको क्वेटेहे शहरको एक निजि कोइला खानीमा मंगलबार राती ९ बजे बिष्फोट भएको थियो। सरकारी संवाद समिति शिहुन्वाले आज विहान उक्त प्रान्तका अधिकारीलाई उदृत गर्दै २१ मजदुरको मृत्यु भएको पुष्टि गरेको हो।
सरकारी टेलिभिजन सीसीटीवीको खबर अनुसार फसेका मजदुरको बचाउनको लागि सयौं उद्धारकर्मी परिचालन गरे पनि विषालु ग्याँसका कारण खानीको भित्रसम्म पुग्न असमर्थ रहेको बताएको छ। विमा कम्पनिले फसेका मजदुरहरुको परिवारहरुलाई क्षतिपुर्तिका लागि परिवारसँग सम्पर्क गर्न सुरु गरिसकेको बताएको छ।
पहिलो चरणको छानविन अनुसार, बिष्फोट दुर्घटनावस भएको पाईएता पनि उक्त खानी सरकारी नियम विपरित लाईसेन्स बिना संचालनमा रहेको पाईएको थियो।