१८ मंसिर । अफगानिस्तान को दक्षिणी भागको कान्धारको एक जिल्लमा हिजो तालिवानी आतंकवादीहरुले गरेको हमलामा २३ जना नागरिक मारिएका छन् भने केहि अन्य मानिसहरु घाइते भएका छन्।
प्रहरिका अनुसार यस घटना सुरक्षा कर्मीले उनिहरुका २९जना साथिहरु मरेको बदला लिनको लागि गरेको जनाएको छ ।
तालिवानले यस हमला कन्धारको नेश जिल्लाको एक प्रहरी चौकीमा गरेका थिए । उनिहरुले गरेको यस हमलामा मारिएका २३ जनामा महिला तथा बालबालिका पनि रहेको जनाइएको छ ।