२० मंसिर । पाकिस्तानको दक्षिणी बन्दरगाह सहर काराँचीमा अवस्थित एक होटेलमा सोमबार भएको आगलागीमा परी कम्तीमा १९ व्यक्तिको मृत्यृ भएको अधिकारीले जानकारी दिएका छन्। सोमबार बिहान सबेरै होटेलको भान्छा घरबबाट सुरु भएको आगलागीमा परी ७० भन्दा बढी व्यक्ति घाइते भएको प्रहरी अधिकारी ताउकिर निएमले बताएका छन्। आगलागीको थप कारण भने थाहा भएको छैन्। सो आगलागीमा परी मारिएका व्यक्तिमा चारजना भने महिला रहेका निएमले थप जानकारी दिएका छन्।
कराँचीको जिन्नाह अस्पतालका चिकित्सक सेमी जमालीले सो आगलागीमा परी घाइतेमध्ये केही विदेश नागरिकसमेत रहेका छन्। आगलागीका कारण त्यसवरिपरि श्वासप्रश्वासमा अवरुद्ध नै रहेको जनाइएको छ । पाकिस्तानका प्राय भवन सुरक्षाको सीमारेखालाई खासै वास्ता नगरी बनाइएको ले आगलागी भएको अवस्थामा पनि होटेलका प्राय पाहुना सुतिरहेको जनाइएको छ । सो घटनामा घाइते भएका एक व्यक्तिका अनुसार आगलागी सुरु भएको चार या पाँच घन्टासम्म सहयोग पाइएको थिएन।