४७ जना सवार पकिस्तानी बिमान दुघटना।

अन्तर्राष्ट्रिय समाचार

२२ मंसिर। पकिस्तानी एयरको बिमान उत्तरी पाकिस्तानमा दुर्घटनामा परेको छ। चलक दलका ५ सदस्यसहित ४७ जना सवार बिमानमा, सबैको मृत्यृ भएको आशंका गरिएको छ ।

स्थानयि समयअनुसार बिमान अपरान्ह ३ बजेर ४० मिनेट जाँदा चित्रालबाट उडेको थियो भने ४ बजेर १५ मिनेट जाँदा सम्पर्क बिच्छेद भएको थियो। पाकिस्तान एयरलाइन्सले जारी गरेको बिज्ञप्तिमा भनिएको छ कि फ्लाइट पीक–६६१ बिमान उत्तरी शहर चित्रालबाट राजधानी इस्लामाबादका लागी उडेको केहि समयमै सम्पर्कबिच्छेद भएको र दुर्घटनामा परेको हो।

बिमान राजधानी इस्लामाबादबाट ७५ किलोमिटर टाढा हेभालियनको करपाल गाउँमा दुघटनामा परेको पुष्टि भएको छ। र, विमानमा सबार सबैको मृत्यृ भएको हुनसक्ने अधिकारीहरुले बताएका छन्।

Post Comment