इराकमा हवाई हमला, ६३ जना सर्वसाधारण मारिए ।

अन्तर्राष्ट्रिय समाचार

२३ मंसिर। इराकमा इस्लामिक स्टेटको कब्जामा रहेको अल कैम क्षेत्रमा हवाई हमलामा ६३ भन्दा धेरैको ज्यान गएको छ । मृत्यृ हुनेमा धेरै बालबालिका र महिला रहेको बीबीसीले जनाएको छ। अमेरिकी नेतृत्ववाला गठबन्धन तथा इराकी एयर फोरस दवै लगातार यर क्षेत्रमा बम खसालिरहेका छन्। तर,अहिलेसम्म योहमला कसले गरेको भन्नेबारे पुष्टि हुन सकेको छैन।
मेडिकल सूत्रहरुका अनुसार हमलामा कम्तिमा ६३ मानिसको मृत्यृ भएको छ । सिरिया लगतै इराकको उत्त सहरमा अज्ञात जेट विमानबाट मिसाइल हमला गरिएको थियो । र, हमलाको निशाना चुक्दा रिहाईशी क्षेत्रमा खसेकोे थियो।
प्रत्यक्षदर्शीका अनुसार मिसाइलको निशाना इस्लामिक स्टेटको हेर्डक्वाटरको क्षेत्रमा खसाल्न लागिएको थियो। तर,मिसाइल एक व्यस्त बजारवाला क्षेत्रमा खसेको थियो। स्लामिक स्टेटसँग सम्बन्धित अमाका न्यूज एजेन्सीले हमलामा १२० मानिस मारिएका छन्।

Post Comment