२४ मंसिर । कम्बोडियाको कामपोङ छानाङ प्रान्तको एक गाउँमा भात सडाएर बनाएको घरेलु विषक्त मदिरा पिउँदा १० जना कम्बोडियाली नागरीकको मृत्यृ भएको छ । भने ५० जनाभन्दा बढी मानिसलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।
नोभेम्बरको अन्तिम सातायता १० जनाको मृत्यृ भएको र ५० जनाभन्दा बढी मदिरा सेवनबाट बिरामी परेपछि अस्पतालमा भर्ना भएका स्थानीय अस्पतालका निर्देशक सोरिन राभुथीले बताए।
स्थानीय एक धार्मिक महोत्सव मनाउने क्रममा उनीहरुले मदिरा पिएका तर मदिरा बिषाक्त भएका कारण उनीहरको मृत्यृ भएको उनले बताए । कम्बोडियाली समुदायमा चाड पर्व मनाउँदा घरेलुमदिरा पिउने प्रचलन छ।