दुई बर्षमा आइएसका,५० हजार लडाकुको मृत्यृ

अन्तर्राष्ट्रिय समाचार

२५मंसिर। प्छिल्लो दुई बर्षमा इराक र सिरियामा आफूलाई इस्लामिक स्टेट बताउने समुहका ५० हजार लडाकूको मृत्यृ भइसकेको बीबीसीले बताएको छ। अमेरिकाको एक सैन्य अधिकारीका अनुसार यो आँकडा अमेरिकी गठबन्धन सेनाले यी दुई स्थानमा हमला सुरु गरेपछिको हो।
अधिकारीको अनुसार अमेरिकी सेनाको एउटा सानो समूह र त्यसको हवाई शक्तिलाई यदि स्थानीय समर्थन मिलेको खण्डमा यसको प्रभाव कम गर्न सकिन्छ। यद्यपी,आइएसले आफ्नो लडाकूको भर्ती निकै तिव्र रुपमा गर्न सक्ने चेतावनी पनि अमेरिकाले पटक पटक दिँदै आएको छ।
अधिकारिका अनुसार मसूलजस्तो इलाकामा हवाई हमला गर्न सकिन्थ्यो तर नागरिक हताहत हुनसक्ने सम्भावना भएकाले यसलाई रोकिएको हो। अधिकारी भन्छन्,‘म मारिएका मानिसहरुको गन्ती गर्ने चक्करमा फस्न चाहन्नँ तर उनीहरुले दुश्मनमाथि जस्तो असर पुर्याएको छ त्यसलाई नजरअन्दाज गर्न सकिन्नँ।’

Post Comment