मंसिर २६। नाइजेरियाको दक्षिण पूर्वी अक्वा ईबोम राज्यको रानधानी उयो नगरमा चर्च भत्किँदा ६० जनाको मृत्यृ भएको छ। भत्किएको चर्चमा अझौ केही मानसि पुरिएको आशंका गरिएको छ।
रेइगनर्स बाईबल चर्चमा पादरीबाट दिक्षा लिन मानिसहरु भेला भएको बेला चर्चको छत भत्किएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन्। घटनामा राज्यका गभर्नर युदोम ईम्यानुएल पनि परेको तर उनी बाँच्न सफल भएको बीबीसीले जनाएको छ।
चर्च निर्माणधीन अवस्थामै रहेको र कामदारले दिक्षा लिने कार्यक्रमका लागि भन्दै हतार हतार काम गरिरहेको समाचारमा उल्ल्ेख छ । गर्भनर चर्च भित्र प्रवेश ग।ेको २० मिनेटपछि चर्चको छत खस्न सुरु गरेको र उनको तत्कालै उद्धार गरेकाले बाँच्न सफल भएको तर अरु उद्धारको मौका नपाएको प्रत्यक्षदर्शीले बताएका छन्। राज्यका गर्भनर इम्यानुलले चर्च निर्माणमा आवश्यक न्यूनतम मापदण्ड पालना भए नभएको बारे छानबीन गरिने बताएका छन्।