२६ मंसिर। चीनको विभिन्न सहरमा हिजो आज तुवाँलो जस्तो तुसारोको समस्याले गर्दा जन जीवन कष्टकर बनेको छ। देशको मौसम विभागका अधिकारीहरुले मानिसलाई स्वास प्रस्वास र स्वास्थ्यमा समस्या देखिन सक्ने आशंकामा स्थितीको मध्यनजर गर्दै पहेंलो स्तरको चेतावनी जारी गरेकाछन।
राष्ट्रिय मौसम केन्द्रले एक अनलाईन बयानमा वेइजिङ,तियानजिङ, हेबै, हेनान, सेडोंग, हुनान र जियांग्सीका अधिकांश ठाउँहरुमा अघिल्लो दुई दिन देखि कुहिरो जस्तो देखिने प्रदुषणको चपेटामा परेको र उक्त इलाकाहरुमा अधिक प्रदुषण हुने जनाएको छ।
मौसमको गंभिर स्थितिको अनुसार चीनमा ४ स्तरका चेतावनी प्रणाली छ। मौसम निकै खराब हुदाको स्थीतीमा रातो चेतावनी,र त्यस पश्चात क्रमस सुन्तला,पहेलो,र निलो स्तरको चेतावनी दिने गर्दछ।