३०,मङ्सिर । भारतको मुम्बइमा बिहीबार एउटा भवन भत्किदाँ कम्तीमा तीन जनाको मृत्यु भएको छ भने, अन्य १२ जना भन्दा बढी घाइते भएका वरिष्ठ प्रहरी अधिकारीले जनाएका छन् ।
(फाईल तस्बीर)
“बिहीबार बिहान मुम्बईको महाराष्ट्र नगर क्षेत्रमा घर भत्किदाँ मृत्यु भएका तीन जनाको शव भेटिएको छ,” घाइतेहरुलाई तत्काल अस्पताल लगिएको छ, एक प्रहरी अधिकारीले भन्नुभयो ।
स्थानीय टेलिभिजन च्यानलहरुले उद्धारकर्ताहरुले उद्धार गर्दै गरेको अवस्थाका दृश्यहरु देखाएका छन् ।
घटनाको कारणका बारेमा प्रारम्भिक अध्ययन गर्दा घर निर्माणमा नै कमजोरी देखिएको सरकारी अधिकारीहरुले बताएका छन् ।
भारतमा कमजोर संरचनाको कारण बारम्बार यस्ता दुर्घटना धेरै हुने गरेको पाइन्छ ।